शास्त्रअनुसार यी स्थानहरुमा दियो बाल्दा हुन्छ शुभ र अशुभ, जानीराखौं !

हिंदू शास्त्रमा दियो बाल्नु निकै शुभ मानिन्छ। यसैले धेरै मानिसहरु आफ्नो घरमा दियो बाल्ने गर्छन्। यसको उज्यालोले दु:ख कस्ट भाग्ने विश्वाश रहेको छ। बेदमा अग्नीलाई भगवान नै मानिएको छ। यसैले हिन्दू धर्ममा कुनै शुभ कार्य गर्नुपुर्ब भगवानको अघी दियो बाल्ने गरिन्छ। दियो बाल्ने धार्मिक र बैज्ञानीक दुबै कारण रहेको पाईन्छ।

दियो/उज्यालो ज्ञानको प्रतिक हो। पूजामा दियो बाल्नुको बिशेष महत्व रहेको छ। दियो बाल्नुको अर्थ हाम्रो जीवनको अज्ञान अन्धकार हटाइ जीवनमा ज्ञान ज्योति ल्याउनु हो। हाम्रो धर्म अनुसार पूजा गर्नु पहिला दियो बाल्नु अनिवार्य रहेको छ। आरती गरेर घ्युको दियो बाल्नाले सुख सम्पत्ति आउने विश्वाश गरिन्छ। यसो गर्दा घरमा स्थाइ रुपमा (सधैंको लागि) माता लक्ष्मीको बास हुने धार्मिक विश्वाश रहेको छ। त्यस्तै हाम्रो धर्ममा पंचामृतको पनि निकै महत्व रहेको पाउछौ।

गाई को घ्युमा रोगाणुलाई भगाउन सक्ने क्षमता हुन्छ। यो घ्युको दियो बाल्नाले घ्यु आगोको संपर्कमा आएर बातावरण नै सुद्द/पवित्र बनाउछ। दियो बाल्नु शुभ रहेको छ चाहे त्यो पूजामा होस या अन्यत्र।

दियो बाल्दा सधैं जप्नुहोस यो मन्त्र
दीपज्योति: परब्रह्म: दीपज्योति: जनार्दन:।
दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते।।
शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां।
शत्रुवृद्धि विनाशं च दीपज्योति: नमोस्तुति।।

दियो बाल्दा यस्ता कुरा ख्याल गर्नुपर्छ
दियो पूर्व दिशा तर्फ फर्काएर राख्नाले आयु बड्छ। दियो पश्चिम फर्काएर राख्नले दु:ख बड्छ ।दियो बालेर दक्षिण फर्काएर राख्नले जन धन हानी हुन सक्छ। दियोको प्रकाश आउने भाग/मुख भाग सधैं पूर्व फर्काएर दियो बाल्नु होला।

https://youtu.be/5iDQvoc8omM



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖