पृथ्वीनारायण शाहको एकिकरण पछि नेपालको कुनैपनि पार्टीले जनताको भावनालाई एक गर्ने प्रयास गरेन : राजेन्द्र महतो

ओली रास्ट्रवादी नेता हुन्, उनले जस्तै राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको चाहना हाम्रो पनि हो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन्। कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा कुराकानी गर्दै नेता महतोले तराईको समस्या अहिले पनि जस्ताको तस्तैं रहेको बताए। सडक आन्दोलनले मात्र मधेशको हक-अधिकार सुनिस्चित नहुने र संविधान संशोधन गर्न नसकिने रहेछ भन्ने कुरा बुझेर नै राजपा पार्टी निर्वाचनमा होमिएको महतोको भनाई थियो।

मधेशी,दलित,जनजातिको लागी लड्छु भनेर मधेशबाट राजनिती शुरु गरेका हृदयेश त्रिपाठीले मधेश आन्दोलन छोडेर एमालेको सूर्य चिन्ह लिएर चुनाब लड्न गएको कुरा आफूले बुझ्न नसकेको महतोले बताए। बिगतमा राजपाका अध्यक्ष मण्डलका नेताहरुमा अलग-अलग पार्टी चलाएर असफल भइसकेको नजिर स्थापित भएको हुँदा अब राजपा भित्र पदको लागी झै-झगडा र मनमुटाब नहुने दावी महतोको छ। महतो भन्छन्- प्रान्तीय सरकार बनेपछि त्यो सरकारले अर्को प्रान्तसँग पनि संघर्ष र लडाई गर्छ । अब अधिकारका लागी प्रान्त-प्रान्तबिच लडाई हुन्छ।

महतोले अगाडी भने-मुलुकको समृद्धि र विकाशको लागी राजनीतिक स्थिरता पहिलो आवश्यकता हो।राजनितीक मुद्धा समाधान गर्नको लागी एमाले पार्टी समेत सकारात्मक हुने विश्वास महतोको छ।महतो अगाडी भन्छन्- राष्ट्रिय स्वाधिनता र स्वाभिमानमा आँच आउने कुरामा कुनैपनी नेपालीले सम्झौंता गर्न सक्दैनन्।यो ओलीको मात्रै होइन सम्पूर्ण नेपालीको एजेण्डा हो।

प्रचण्डको नेतृत्वमा कांग्रेस र मधेशवादी दल मिलेर सरकार बन्न सक्ने तर दुई तिहार नपुग्ने,यसो हुँदा संविधान संशोधन नहुने अवस्थामा एमाले सहितको सरकार बनेमा मात्रै दुई तिहाई पुग्ने र संविधान संशोधन हुन सक्छ। त्यसैले महतो आफूहरुले प्रचण्डको नेतृत्वमा सरकार बनाउने कुरा नसोचेको बताउछन्। हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।