भोली देखि धनकुटामा अनिश्चितकालिन आम हडताल !, यसरी बुँनिदैछ योजना… – हेर्नुहोस् भिडियो सहित

धनकुटा खबर। पर्याप्त आधारका बापजुत पटक–पटक आन्दोलन गर्दा पनि सरकारले धनकुटालाई प्रदेश नं.१ को राजधानी नतोकेपछि अब धनकुटाका जनताहरु आन्दोलनलाई श–शक्त पार्ने भएको छ ।

मंगलबार क्षेत्रीय प्रशासन घेराउ र धर्ना दिएको आन्दोलनकारीहरुले बुधबार देखि अनिश्चित कालिन आम हडताल गरेरे शसक्त आन्दोलनको शुरुवात गर्ने भएको छ ।

आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु क्षेष्ठको अध्यक्षतामा बसेको बैंठकले भोली बुधबार जिल्लाका कलकारखाना,यातायात,शैक्षिक संस्था,बजार बन्दको ठप्प बनाउने निर्णय गरेको छ ।

आम हडताल बिहान ७ बजे देखि ५ बजे सम्म रहने रहने भनिए पनि समितिले यसको बारेमा आधिकारी जानकारी दिएको छैन ।

बैठकले प्रदेश सभा क र क का सभासद् द्वय निरन राई,ईन्द्रमणी पराजुली,समानुपातिक सभासद्का प्रत्यासी बिना राई, दलका नेताहरुमा नेकपा माओवादी केन्द्रका सन्देश बिहानी,नेपाली कांग्रेसका दिनेश राई,संघिय समाजवादी फोरमका सरोज राईलाई आम हडतालको बिभिन्न स्थानको जिम्मा दिईएको छ ।

त्यस्तै बजार ब्यबस्थापन समितिका अध्यक्ष बिप्लव श्रेष्ठ,उद्योग बाणिज्य संघका महिला उपाध्यक्ष तारा तितुङ्ग लगाएतले आम हडतालको नेतृत्व गर्ने जिम्मा दिएको सूचना अधिकारी नगेन्द्र राईले जानकारी दिए ।

आम हडतालमा मोटराईकल समेत चल्न नदिने र स्वास्थ्य संस्था,एम्बुलेन्स,सब्जी तथा दुधको गाडी,कुटनितिक नियोगका सवारी,सुरक्षा निकाय र सन्चार माध्यमका सवारीहरु भने निर्वाद रुपमा चल्न दिने बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।