रामचन्द्र पौडेलको आक्रोष : शेरबहादुर देउवा निरंकुश नेता – देउवाले शभापति पद छोड्नुपर्छ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा निरंकुश हुन खाेजेकाे अारोप लगाएका छन । हिमालय टेलिभिजनकाे कार्यक्रम ‘धमलाकाे हमला’मा बोल्दै नेता पौडेलले सिंगो कांग्रेस हारोस र अाफु मात्र जितौ भन्ने सोच देउवामा रहेकाे अारोप लगाए । संघीयता व्यवहारिक रुपमा लागु हुनु पर्ने बताउदै नेता पौडेलले संघीय अधिकार माथि केन्द्र सरकारबाट अतिक्रमण भए अाफुले संघर्ष गर्ने बताए । संख्या पुर्याउन र गिनिज बुकमा नाम लेखाउन मात्र प्रधानमन्त्री बन्ने सोच नराख्न नेताहरुलाई पौडेलले सुझाव दिए । प्रधानमन्त्री भइसकेपछि देश र जनताले अनुभुत हुने खालका कार्य गरेर देखाउनु पर्ने पौडेलकाे भनाई छ ।


