धनकुटाको आमहडताल अब पूर्ण रुपमा फिर्ता (विज्ञप्ती सहित)

धनकुटा खबर । प्रादेशिक राजधानी माग गर्र्दै धनकुटामा भईरहेको आम हडताल आजबाट पूर्ण रुपमा फिर्ता लिएको संघर्ष समितिले जानकारी दिएको छ ।

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउ संघर्ष समितिले संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतामा पत्रकार सम्मेलन गर्दै आम हडताल फिर्ता लिएको हो ।

समितिले सम्मेलनमा बिज्ञप्ती जारी गरेर आन्दोलनमा साथ दिने सम्पूर्ण धनकुटलीहरुलाई धन्यवाद दिंदै आन्दोलनका क्रममा घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यद्यपी हडताल फिर्ता लिएर दैनिक १ घण्टा चक्का जाम गर्ने बिज्ञप्तीमा उल्लेख गरेको छ ।

गएको ३९ दिन देखि आन्दोलन निरन्तर चलिरहेको आन्दोलन र प्रशासनले लगाएको निशेज्ञा हटेपछि अहिले धनकुटाको जनजीवन सामान्य बन्दै गएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।