अब धनकुटाका हरेक स्थानमा बिरोध स्वरुप कालोझण्डा राख्ने
धनकुटा खबर । सरकारले धनकुटालाई प्रदेश नं. १ को राजधानी नतोके पछि बिरोध प्रदर्शन गर्नका लागि धनकुटाको मदन चौक स्थित आफ्नो मोटरसाईकलमा कालो झण्डा राख्दै एक आन्दोलनकारी ।

सरकारको निर्णयलाई कालो दिनको संज्ञा दिंदै गएको ४१ दिन देखि जारी आन्दोलनका क्रममा माघ ३ गतेबाट धनकुटाका हरेक स्थानमा बिरोध स्वरुप कालोझण्डा राख्ने अभियान जारी रहेको आन्दोलनका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।
धनकुटालाई प्रदेश नं. १ को अस्थाई राजधानी नतोके सम्म धनकुटामा दैनिक १२ बजे देखि १ घण्टा चक्का जाम कायम रहेको छ ।


