३ जिल्ला जोड्ने मुढे-शनिश्चरे सडक सन्चालनमा
धनकुटा खबर । संखुवासभाको मुढे शनिश्चरे देखि धनकुटाको लेगुवाघाट सम्म ३ जिल्ला जोड्ने १२ किलोमिटर ग्रामिण कृषि सडक संञ्चालनमा आएको छ ।

धनकुटा, संखुवासभा र तेह्रथुम जोड्ने यो सडक दुई बर्ष अघि निर्माण थालिएको उक्त सडकमा यातायात र ढुवानीका साधन संञ्चालनका लागि अनुमती दिईएको हो ।
ग्रामिण पुन निर्माण तथा पुन स्थापना परियोजनाको १६ करोड ८२ लाख रुपैयाको लागतमा निर्माणानधिन रहेको छ ।
सडकको नाली बाहेक माटो कटिङ्ग, टेवा पर्खाल, मोडसुधार, ग्राभेल लगायत अन्य स्टक्चरको ९५ प्रतिशत काम सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ ।
सडक संचालनमा आए पछि संखुवासभा र धनकुटाकाको महालक्ष्मी नगरपालिका भित्र पर्ने चानुवा, डाँडागाउ, जितपुर, मारेक कटहरे, लेगुवा लगायतका स्थानका वासिन्दा लाई कृषि उपज निकासी र यातायात सेवा सहज भएको छ ।
धनकुटा, तेह्रथुम र संखुवासभाको संगममा रहेको पर्यटकीय गुराँसक्षेत्र तीनजुरे, मिल्के, जलजलेलाई मध्यपहाडी लोकमार्गमा जोड्ने यो नै यस क्षेत्रको सबैभन्दा छोटो सडक बनेको छ ।


