धनकुटामा १० दिने प्रादेशिक महोत्सव हुने (भिडियो सहित)

धनकुटा खबर । उद्योग बाणिज्य संघ धनकुटाले माघ २९ गतेबाट १० दिने चौथो प्रादेशिक औधोगिक ब्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७४ सम्पन्न गर्ने भएको छ ।

संघले महोत्सवका लागि १ सय १ मुल समारोह समिति र बिभिन्न १४ वटा महोत्सव उप–समिति गठन गरेर महोत्सव तयारीको काम तिव्र रुपमा चलिरहेको पत्रकार सम्मेलन गरेर संघले जानकारी दिएको छ ।

‘कृषि,पर्यटन,स्वास्थ्य,शिक्षा,स्वरोजगार,उद्योग र ब्यपार,समुन्नत प्रदेश नं. १ को आर्थिक बिकासको आधार’ भन्ने नाराका साथ सम्पन्न हुने उक्त महोत्सव फागुन १० गते सम्म धनकुटाको टुंडिखेलमा सम्पन्न हुने छ ।

एक लाख लाख आन्तरीक तथा बाह्य पर्यटक भित्राएर ३ करोड बराबरको कारोबार गर्ने लक्ष रहेको उक्त महोत्सवमा १ सय २५ प्रदर्शनी र २५ खाना गरी जम्मा १ सय ५० स्टलहरु रहने छ ।

महोत्सवमा नेपाल एकीकृत ब्यापार रणनीति(एटिआईएस) मा समावेश भएका बस्तु, औधोगिक, ब्यपारीक, हस्तकला, कृषी तथा जडिबटी प्रदर्शन, घरेलु अद्योगबाट उत्पादित बस्तुहरुको प्रदर्शन र राष्टिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ ।

उक्त महोत्सवको मुख्य लक्ष नेपाल एकिकृत ब्यापार रणनीति,पर्यटकीय स्थल,घरेलु उत्पादनको बजार पहिचान,कृषि जन्य बस्तुहरुको निकासीमा प्रवद्र्धन गर्ने र स्थानिय कला संस्कृतिको बिकासमा टेवा पु¥याउनु रहेको आयोजनकले जानकारी दिएको छ ।

प्रदेश नं. १ का १४ जिल्ला मध्ये सबैभन्दा बढी कृषि उपज निकासी गर्ने जिल्ला धनकुटा भएकाले यस महोत्सवले धनकुटाको कृषि तथा ब्यपारको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने आयोजक समितिका अध्यक्ष तथा उवा संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले जानकारी दिए ।

अनुमानित ५९ लाखको लागतमा सम्पन्न हुन लागेको उक्त महोत्सवमा ब्यपार निकासी केन्द्र काठमाण्डौं,उद्योग बाणिज्य संघ काडमाण्डौ,पर्यटन बोर्ड,स्थानिय निकाय र बिभिन्न ब्यसायीक संस्थाको सहयोग रहने आयोजकले बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।