लडेर मृत्यु भएका, हुलमा थिचिएका, पैसा पाएर जीन्दावाद मुर्दावाद भनेका, हाच्छ्युँ गर्दा पुक्लुक्कै भएका सबका सबलाई शहिद नबनाऔँ : रवी लामिछाने (भिडियो सहित)

प्रहरीको पिटाईले बालक आईसियुमा । फुलचोकीमा हराएका जोन तामाङवारे प्रिन्सिपलसंग लाईभ !

कुनै दिन यो मुलुकमा बोल्न पाइदैनथ्यो । आज हामी आँफुले देखेको आफुलाई लागेका कुरा शानले चिच्याइ चिच्याइ भन्न पाइरहेका छौँ । यो दिन त्यसै आएको होइन ।

यो दिन हामीले प्राप्त गर्दा कयौँ मानिसको रगतले यो माटो भिजेको छ । अनगिन्ती सिउँदोहरु उजाडिएर हजाराँै बालबालिका टुहुरा भएर हामीले यो अधिकार पाएका छौँ ।

मुलुकमा परिर्वतन ल्याउन, आफ्ना सन्ततीलाई सुखद भविष्य दिन विभिन्न आन्दोलनमा छाती थापेर तातो गोली खान नडराउने विर सपुत सम्पुर्ण ज्ञान अज्ञान शहिदहरुलाई सलाम !

बर्षको एक दिन शहिदका प्रतिमामा माल्यापर्ण गर्ने हुलमा कति फटाहाहरु घुसे होलान् । मुलुक र मुलुकबासीको जीवनमा परिवर्तन ल्याउन ज्यानको आहुती दिएकाहरुलाई आज तिनले पनि माला पहिल्याए जसले राजनीति र सत्तालाई आजिवन कमाइ खाने भाँडो बनाए ।

आफ्ना परिवार भन्दा माथि उठेर देशको लागि अघिल्लो पंङ्तीमा छाती खोलेर उभिने, गोली खान तयार हुनु सानो कुरा होइन । तर तिनै आन्दोलनमा गोली लागेको भनेर लुकेकाहरुले शहिदको रगतको अपमान गरेका छन् ।

शहिदको सपना भुलेर आफ्नै सपना पुरा गर्नेहरुले जोडेको अकुत सम्पत्ती, आलीशान जिन्दगी र मोजमस्तीपुर्ण जिवनशैली देखेर भन्न मन लाग्छ हे वीर शहिदहरु हो बेक्कार तिम्री अर्धाङगीनी विधवा भइन् ।

बेअर्थमा तिम्रा सन्तान टुहुरा भए । उता हिजो तिम्रो रगतको खोलो बग्यो यता मात्र तिम्रा सहकर्मीहरुको घरमा पैसाको खोलो बगिरहेको छ । हिजो तिमी पैसामा विकेको भए पदको लागि लोभिएको भए र व्यक्तिगत सुखसयलमा रमाएको भए तिमीले गोली खान पर्दैन थियो ।

तिमीले आँफु मरेर हामीलाई दिएको परिर्वतनको फाइदा उठाएर आज केहि मानिसहरु २४ घण्टा दलालसँग उठबस गर्छन ।
पैसा पाइन्छ भने मापदण्ड नपुगेको अस्पताललाई खोल्न दिन्छन्, कलेज खोल्न दिन्छन्, नियुक्ति, सरुवा बढुवामा पैसा खान्छन्, बाटो पुल जस्ता संरचना कमजोर बनाइ कमिशन खान्छन् ।

हे वीर शहिद तिमी त स्वाभीमानी बनेर शहिद भयौ । वीरको मृत्यु भयो तर तिम्रो सपना साकार पार्न ठेक्का लिएकाहरुले यहाँ ताण्डव नाचेका छन् ।

कुनै देशी विदेशी शक्ति सामु तिमी कहिल्यै झुकेनौ तर तिम्रो सपना साकार पार्छु भन्नेहरु विदेशी दुतावासहरुको चाकरी गर्छन ।
तिनले फालेको हड्डी र बासीभातमा ¥याल काड्छन् । कति त ती विदेशी दुतावासहरुको एजेण्डालाई आफ्नो एजेण्डा हो भनेर काँध थाप्छन र आफ्नै मुलुकका विरुद्ध उत्रिन्छन् ।

हे वीर शहिद एउटा कुरा झण्डै भन्न विर्सेको आजकल त शहिद पनि सस्तो बनाइदिएका छन् । गुण्डा, हुलहुलमा थिचिएर मृत्यु भएका के भएको रहेछ भनेर हेर्न जाँदा गोली लागेर मृत्यु भएका अनि भाडामा ढुङ्गामुढा गर्न गएकाहरुलाई पनि शहिद बनाउन थालिएको छ ।

लडेर मृत्यु भएका, हुलमा थिचिएका, रमाइलो गर्न भिडमा छिरेका, पैसा पाएर जीन्दावाद मुर्दावाद भनेका, हाच्छ्युँ गर्दा पुक्लुक्कै भएका सबका सबलाई शहिद नबनाऔँ ।

आफ्नो स्वार्थ भन्दा माथि उठेको, देश र जनताका लागि हाँसी हाँसी बली चड्न सक्ने शाहस भएको, देशलाई चाहिए गोली बारुद बर्सिदा पनि अग्रपंतीमा छाती खोलेर र शिर ठाडो पारेर उभिन सक्ने दलका लागि होइन देशका लागि मात्रै लडेर वीरगती प्राप्त गरेको महान मानिस मात्र शहिद कहलाउँछ । वीर शहिद अमर रहुन्, लोकतन्त्र अमर रहोस् ।

https://youtu.be/-T0PujjplrQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।