एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्षमा अधिकारी निर्वाचित

धनकुटा खबर, माघ १७ । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा छत्रबहादुर अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् । धनकुटा जिल्लाका ११औ अधिबेसनबाट प्रतिस्पर्धी नगेन्द्र भट्टराईलाई पराजित गर्दै अधिकारी ३ बर्षको लागि अध्यक्षमा निर्वाचित भएका छन् ।

मंगलबार राती भएको मतदानमा अधिकारीले ३९३ मत र भट्टराईले ३४५ मत पाएका थिए । अध्यक्षमा निर्वाचित अधिकारीलाई एमालेको संस्थापन पक्षको र पराजित अध्यक्ष भट्टराईलाई माधव नेपाल समुहको समर्थन थियो । निर्वाचनबाट सवै पदमा अधिकारीको प्यानल विजयी भएका छन् ।

त्यस्तै उपाध्यक्षमा राजेन्द्र याखा, उपायक्षमा महिलातर्फ विमला राई, सचिवमा तारानाथ मिश्र, कोषाध्यक्षमा माधवप्रसाद सुवेदी, सहसचिवमा चेमेली लिंखा र सहकोषाध्यक्षमा दीपकला श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी राष्ट्रिय महाधिबेसन प्रतिनिधिमा डिल्लीराम न्यौपाने, त्रिलोचन घिमिरे, शुक्रबहादुर लिम्बु र विमला लिम्बु निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा मुना भण्डारी, सजना जोशी, भक्तबहादुर खड्का, ईश्वरमान राई, पुर्णबहादुर लिम्बु, जिवनाथ घिमिरे, सुनिता लावती, किशोरकुमार राई, राजु वाग्ले, शान्तिला कार्की, पवित्रा श्रेष्ठ, गोपाल राई र दलकुमारी मगर निर्वाचित भएका छन् । लेखा समिति सदस्यमा उमेस अधिकारी, खगेन्द्र श्रेष्ठ र मनप्रसाद मगर निर्वाचित भएका छन् ।

विजयी जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई एमाले धनकुटाका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद राजेन्द्र राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, सदस्य शिव लिम्बु, नेपाल राष्ट्रिय शिक्षक संगठनका निवर्तमान अध्यक्ष यज्ञप्रकास चापागाई लगायतले शिक्षकको हितमा काम गर्न सुझाव दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।