धनकुटाका ७ वटै तहका प्रमुख-उपप्रमुख लगायतलाई मतदाता शिक्षा प्रदान
धनकुटा खबर । राष्ट्रियसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धनकुटाले आज जिल्लाको मतदाता स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यहरुसँग छलफल गर्दै मतदाता शिक्षा प्रदान गरेको छ ।
राष्ट्रिय निर्वाचन आयोगको कार्यक्रम अन्तरगत जिल्ला निर्वाचन कार्यालयले उनीहरुलाई मतदाता शिक्षा दिएको कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा धनकुटाका ७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख १४ जना र जिल्लाका ५ जना प्रदेशसभा सदस्यहरुको सहभागीता थियो । कार्यक्रममा मतदान प्रक्रिया, मतगणना लगायत राष्ट्रियसभा निर्वाचनसँग सम्वन्धित विषयहरुको बारेमा छलफल गरिएको छ ।
सरकारले राष्ट्रियसभा निर्वाचनको मिति माग २४ गते तोकेको छ ।


