आक्रासित गाउँलेले धनकुटाको निगाले सिमेण्ट उद्योगमा ताला लगाई दिए, यस्तो छ कारण…

धनकुटा खबर । गाउँलेहरु र उद्योगका बीच भएको तनाबको बिषयलाई लिएर प्रशासनले २ जना स्थानियलाई पक्राउ गरेपछि आक्रासित गाउँलेले धनकुटाको निगाले सिमेण्ट कारखानामा ताला लगाई दिएका छन् ।

गएको मगलबार देखि उद्योगका बिरुद्धमा भईरहेको आन्दोलनको अगुवाई गरिहेको आरोप लगाउँदै विहिवार साँझ स्थानिय इन्द्रवहादुर घिमिरे र भगीरथ बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका स्थानियबासीहरुलाई विनाशर्त १२ घण्टा भित्र रिहाईको माग गर्दे निआक्रोशित स्थानियबासीहरुले उद्योगको मुख्य गेटमा ताला लगाएका हुन् ।

धनकुटाको छथर जोरपाटी गाँउपालिका वडा नं.६ नाम्जाङमा रहेको यस उद्योगले वाताबरण प्रर्दुशन गरेर गाउँलेहरुका बालीनाली प्रभावित भएको जाहेरी प्रशासनमा परेपछि गएको मंगलबार बिज्ञ टोली झिकाएर उद्योग अनुगमन गरिएको थियो ।

तर सो समयमा उद्योगका सन्चालक दिनेश पौडेल माथि स्थानियबासीहरुले ढुंगामुढा र गालिगलोज गरेका थिए ।

उत्पन्न तनावपछि स्थानियबासी र उद्योगबीच वाताबरण प्रर्दुन रोक्ने प्रबिधी अपनाउने सहिमति भएपनि सन्चालक पौडेलले कुटपिटको उजुरी दिएपछि गाउँलेहरुलाई पक्राउ गरिएको सिधुवा प्रहरी चौकीका प्रहरी निरिक्षक धनलाल श्रेष्ठले बताए ।

बषैं देखि चुप लागेपनि अहिले भने उद्योगको प्रर्दुशनले मानव स्वास्थ्यमा बिभिन्न असर पार्न थालेपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनुपरेको आन्दोलनको अगुवा गरिहेका दिपक गुरुङ्गले जानकारी दिए ।

आफ्ना माग पुरा नभए सम्म निरन्तर आन्दोलन गरिहरने स्थानियबासीहरुले वताएका छन् ।

उत्पन्न तनाव पछि जिल्ला प्रशासन धनकुटाले ३ दर्जनको संख्यामा शसस्त्र प्रहरी र जनपथ प्रहरीको टोली खटाएर उद्योगलाई शुरक्षा दिईरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।