बजार माग धानी नसक्नु भएपनि चैनपुरे करुवाको अस्तित्व संकटमा, यस्तो छ कारण… (भिडियो सहित)

धनकुटा खबर । सभासमारोह होस् या स्वागत-सत्कार गर्दा मायाको चिनो प्रदान गर्न सबैको रोजाइमा पर्छ, चैनपुरे करुवा । तर पछिल्लो समय कच्चा पदार्थ अभाव तथा नयाँ पुस्ताले निरन्तरता दिन नसक्दा चैनपुरे करुवाको अस्तित्व संकटमा पर्न थालेको छ ।

आफ्नै मौलिकता बोकेको चैनपुरे करुवाका माग स्वदेश तथा विदेशमा वढ्दो छ । काठमाडौंको नागवहालवाट करिव डेढ शताव्दी पहिला व्यापारको सिलसिलामा संखुवासभा पुगेका शाक्यहरुले करुवा बनाउन सुरु गरेका हुन् ।

बजार माग धानी नसक्नु भएपनि कच्चा पदार्थ, पुराना सिल्पीको अभाव तथा नयाँ पुस्तामा पेशा हस्तान्तरण हुन नसक्दा चैनपुरे करुवाको एउटा चक्किलो तारा अस्ताउने अवस्थामा पुगेको छ । केही वर्षअघिसम्म तीन दर्जन भन्दा बढि करुवा उत्पादक रहेको चैनपर क्षेत्रमा कामदार र कच्चा पदार्थ अभावका कारण हाल भने आधा दर्जनमा सिमित भएका छन् ।

माग अनुसारको उत्पादन गर्न नसक्दा माग धान्ननै मुस्कील हुने गरेको चैनपुर नगरपालिका १० का देवेन्द्र शाक्य बताउनुहुनछ । संखुवासभाको पुरानो सदरमुकाम चैनपुरमा दशक अघिसम्म ४० जनाको हाराहारीमा रहेका करुवा बनाउने कालिगड अहिले पाँच सात जनामा सीमित छ ।

हराउन लागेको करुवाको ऐतिहासिक पहिचान बचाउन नयाँ पुस्तालाई परम्परागत शैलीमै तालिम र कच्चा पदार्थ सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाइदिन यहाँका स्थानीय कालीगढको माग छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।