हेर्नुहोस् भिडियोमा धनकुटा राजारानीको मनै लोभ्याऊने नागबेली पार्क !

खेर गएको खोलामा यस्तो पार्क निर्माण भएपछि पर्यटकको संख्या ह्वात्तै बढ्यो - भिडियो सहित

धनकुटा खबर । धनकुटाको राजारानी गाबिस स्थित राजारानीमा खेर गएको खोलाको १६ रोपनी क्षेत्रफलमा नागबेली पार्क निर्माण गरेपछि उक्त क्षेत्रमा पर्यटकहरुको आगम बढेको छ ।

बिभिन्नचरणमा कुल ३१ लाख ९० हजारमा निर्माण भएको यस पार्कमा पर्यटकहरुको आगम बढेपछि अहिले पार्कले मासिक ३० हजार भन्दा बढी कमाई समेत गरिरहेको पार्क निर्माण समितिका अध्यक्ष काजीमान लिम्बुले बताए ।

‘पार्क बनाएपछि पर्यटकको संख्या ह्वात्तै बढेको छ,’उनले भने, ‘कहिले काहीं त ५-६ वटा गाडि नै रिजर्भ आउँछन् ।’

लिम्बुका अनुसार राजारानीमा दैनिक मुस्किलले ५० जना पर्यटक आउने गरेपनि अहिले पार्क निर्माण गरेपछि दैनिक एक सय जना भन्दा बढी पर्यटक आउने गरेकोका छन् । धेरै पर्यटक आएपनि पार्कलाई थप व्यबस्थित गर्ने क्रममा रहेकोले अधिकांशलाई छुट दिईएकोले अहिले पार्कको कमाईले एक जना कर्मचारी राखेर पार्क सुधार गर्न मात्र सहयोग पुगेको उनले बताए ।

त्यस्तै उक्त पार्कका निर्माता तथा परिकल्पनाकार स्थानिय शिल्पकार श्याम गौतमले पनि सबैले मन पराएर व्यक्ति–व्यक्तिको प्रचारले पार्कमा अचम्मै तरीकाले पर्यटक बढेको बताए ।

‘एक जना आउँछ फेसबुकमा फोटो राख्दो र’छ,’ उनले भने,‘तीनका साथीहरुले हेरेपछि बढेर आउँदा र’छन् ।’

पाचौबिसे पर्यटन बिकास समितिका अध्यक्ष टेकरत्न चेम्जोङ्गका अनुसार चुरे क्षेत्रमा रहेको पर्यटकीय क्षेत्र भेडेटार,नाम्जे गाउँ,ध्वजेडाँडा हुंदै राजारानीको रानीताल सम्म बार्षिक नेपाल,भारत र तेश्रो मुलुकका गरी नौ लाख भन्दा बढी पर्यटकहरु आउने गर्दछन् ।

जसमा एक लाख ५० हजार भन्दा धरैले उक्त क्षेत्रको रानीतालमा बोटिङ र फिसिङ्ग गर्न आउने गरेका छन् । उक्त आगन्तुकहरुले नागबेली पार्कमा अनिबार्य आएर आनन्द लिएको प्रचारले थप पर्यटकहरु आउने गरेको लिम्बुको पनि भनाई रहेको छ ।

प्रति व्यक्ति रु २० रुपैंया लिएर पार्कमा स्थानिय स्तरमा पाईने बिभिन्न बन्यजन्तु,ढुंगामा कुंदिएका कलाहरु,झरना साथै चीसो मौस संगै जंगल बीचमा रहेको फुलबारीको आनन्द लिन सकिने छ ।

आफ्नो कला देखाउन शिल्पकार गौतमको परिकल्पनामा राजारानीमा रहेको दक्षिणमा रहेको एक ठूलो ढुंगामा एक जोडी सर्प(नाग) को आकृती कुंदेका थिए । उनको यो मेहनेत देखेर स्थानियबासीहरुको पहलमा २०७० सालमा बस्ति बिकास केन्द्र काठमाण्डौको १८ लाख सहयोगमा पार्कको काम शुरु गरिएको थियो ।

२०७१ साल देखि खुल्ला गरिएको यो पार्क थप सुधारका लागि चालु आर्थिक वर्षमा पर्यटन बिकास बोर्डको १० लाख जिल्ला बिकास समिति धनकुटाको तीन लाख र राजारानी गाबिसको ९० हजार लगानी रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖