महाभारतका खेलाडीलाई अब फुटवल खेल्न सहज
धनकुटा खबर । धनकुटाको सागुरीगढी ८ महाभारतका खेलाडीहरुलाई अब फुटवल खेल्न सहज हुने भएको छ ।

(गुगल तस्बीर)
सागुरीगढी गाउँपालिकाको ५ लाख आर्थिक सहयोगमा त्यहाँको केरावारी खेल मैदान निर्माण गरिए सँगै उनीहरुलाई खेल खेल्न सहज हुने भएको हो । त्यहाँ १ सय मिटर लम्वाई र ६० मिटर चौडाईको खेल मैदान निर्माण गरिएको निर्माण समितिका अध्यक्ष किशोर राईले जानकारी दनिुभयो ।
खेल मैदान निर्माण गरिएपछि फुटवल खेलाडीहरु खुशी भएकाछन् । खेलमैदान वनिए संगै खेलाडीहरुले फुटवल खेल्ने तयारी समेत गरेको उहाँले वताउनुभयो ।


