‘सबै भन्दा बढि भ्रष्टाचार बिकास निर्माण सम्बन्धी ठेक्कापट्टामा’
अख्तियारले मनायो २७ औ स्थापना दिवस
धनकुटा खबर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २७ औं स्थापना दिवसको अबसरमा धनकुटामा अन्त्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यालयका प्रमुख पुरुषोत्तम ढकालको अध्यक्षतामा सम्पन्न ‘भ्रष्टाचार नियन्त्रण आजको आबश्यकता बिषयक’ उक्त कार्यक्रममा जिल्लाका बिभिन्न ब्यक्तित्वहरुले आफ्नो धारण राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक टंक चौहानले धनकुटामा भ्रष्टाचारको त्यति ठूलो समस्या नदेखिए पनि यस तर्फ सबै सजग हुनुपर्ने बताउनुभयो ।
त्यस्तै निमित प्रमुख जिल्ला अधिकारी जित बहादुर श्रेष्ठले स्थापना दिवसको शुभकामना दिदै जनतालाई शुसानको प्रत्याभुति गराउन सबैजना लागिपर्नुपर्ने बताउनुभयो ।
अहिले सबै भन्दा बढि भ्रष्टाचार बिकास निर्माण सम्बन्धी ठेक्कापट्टामा हुनेगरेकोले यसलाई नियन्त्रण गर्न राज्य र सरोकारवालाहरुले ध्यान दिनुपर्ने पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्र घिमिरेले बताउनुभयो ।
कार्यक्रममा गरिएको कार्यपत्र प्रस्तुतीमा ईन्टर नेशनल ट्रान्फरेन्सि संस्थाले १७६ राष्ट्रमा गरेको सर्भेक्षण अनुसार भ्रष्टाचारको सूचिमा नेपाल १३१ स्थानमा रहेको जानकारी दिईएको थियो ।


