‘कांग्रेसले हारेको तोडमा देउवाले थुप्रै गलत निर्णय गरे’- मन्त्री भईसकेपछि यसो भन्छन लालबाबु पण्डित (भिडियो सहित)

बाम गठबन्धनले चुनाव जितेको र कांग्रेसले हारेको तोडमा देउबाजीले थुप्रै गलत निर्णय गरेका छन्।

बाम गठबन्धन मार्फत जनताको विश्वासको मत प्राप्त गरेर देशको नेताको रुपमा केपी शर्मा ओली नेपालको ४१ औ प्रधानमन्त्री हुनु भएको छ। नेपाली जनताले खुशीयाली ब्यक्त गरिरहेका छन्। काम गरेर देखाउन भनेर आशा र विश्वास पनि ब्यक्त गरेका छन्।

नेकपा एमालेका नेता तथा नवनियुक्त मंत्री लालबाबु पण्डितले माउन्टेन टेलिविजनसंग कुरागर्दै अगाडी भन्छन- पार्टी एकताभन्दा पनि पहिले स्थायी सरकार हुन्छ। दोश्रो,अब द्वन्द्वको समय सकियो, अब शान्ति र विकासको समय आयो। अब आर्थिक समृद्धिको बाटोमा मुलुक हिड्नु पर्छ।

माओबादी र एमालेले सरकारको आलोपालो नेतृत्व गर्ने हो अथवा दुई पार्टी एक भैसकेपछि पार्टीको नेतृत्व पनि आलोपालो गर्ने हो कि भन्ने जिज्ञाशामा पण्डित भन्छन–व्यक्ति परिवर्तन हुन सक्छ तर जिम्मेवारी र दायित्व परिवर्तन नहुनु नै स्थायित्व हो। अहिले नै व्यक्ति परिवर्तन हुने सक्दैन भन्ने मान्यतामा हामी छैनौ। हुन त समझदारी अन्तिममा पुगेको छैन तर अढाई अढाई बर्षको कुरो भैरहेको छ। स्थायित्व कसरी आउँदो रहेछभन्दा व्यक्ति परिवर्तन भए पनि नीति परिवर्तन भएन भने स्थायित्वको सन्दर्भमा जनताको आशामा तुशारोपात हुँदैन।

प्रधानमन्त्रीलाई अहिले काम गर्नलाई कुनै अंकुश लाइदैन। किनकि हामीले पाएको मत बाम गठबन्धनले पाएको मत हो एमालेको मात्रै हैन भन्दै उनी भन्छन–केपी ओली नै प्रधानमन्त्रीको रुपमा ५ वर्षा रहन पनि सक्छन।

अहिलेको सन्दर्भमा मुलुकमा सबैको साथ् लिएर मुलुकलाई डोर्याएर लानुपर्ने अवस्था छ र धेरै कुरा मिलाएर लानुपर्ने अवस्था छ। त्यसैले अहिले रिजिडनेस हैन लचकताको आवश्यकता छ।भविष्यमा संविधानको सबै अंगले पूर्ण रुपमा काम गर्न थालेपछि पूर्ण समय सरकार टिक्ने र काम गर्ने सम्भावना हुन्छ।

माओबादी नेता प्रचन्डले सरकार गठन अघि नै पार्टी एकीकरण भनेको कुरा त फेल खायो नि भन्ने प्रश्नको उत्तर दिदै उनी भन्छन– समयमा लिडरसीप को सन्दर्भमा ५०/५० भनेको हो अरु कुरामा हैन। चुनावमा ६०/४० को कुरा भयो। अहिले आएर सरकारमा ७०/३० को कुरा भैरहेको छ।

प्रचण्डले सरकार गठन अघि गर्ने भनेको कुरा त सबै उधारो नै भयो भन्ने प्रसंगमा पण्डित बडो चतुर्याईपूर्वक बिभिन्न उदाहरण दिदै भन्छन–गंगाको पानीमा बागमतीको पानी खोज्न थाल्यौ भने त्यहाँ बागमतीको पानी भेटिदैन।

पार्टी एक भएपछी पार्टी भित्र भागबण्डाको राजनीति सकिन्छ।पाटी महाधिवेशनमा जानु पर्छ।प्रतिष्पर्धा गर्ने राइट सबैलाई हुन्छ, साझा भैसकेपछि म मात्रै अलग्गै खिचडी पकाएर खान्छु भनेर हुँदैन।

काम चलाउ सरकारले गरेको निर्णयको विषयमा पण्डित भन्छन–देउबाजीले पछिल्लो समयमा इगोका कारण गलत निर्णय गर्नु भएको छ। बामपन्थी गठबन्धनले चुनाव जितेको र कांग्रेसले चुनाव हारेको तोडमा भविष्यको सरकारलाई गल्पासोमा पार्न सामान्य नागरिकले पनि चित्त बुझाउन नसक्ने निर्णय गरेका छन् ।

रोग लाग्या छैन, अरबपति मानिस छन् तर उपचारको नाममा ५० लाख सुबिधा लिएका छन्।स्वास्थ्य उपचारको नाममा क्याबिनेटबाट निर्णय भएकामध्ये १० प्रतिशतमात्रै आवश्यकका लागि भएका छन् ९० प्रतिशत पहुँचवालाहरुका लागि भएका छन् जनताले कर तिरेको रकमबाट पाउने।

पैसा नभई जथाभावी निर्णय भएको छ, खोक्रो निर्णय भएको छ। ती गलत निर्णयहरु उल्टिछन नै त म भन्दिन तर त्यसलाई उल्टाउने नसकिने पनि हैन। म सकारात्मक ढंगले भन्छु, तिनलाई परिस्कृत गरेर लानु पर्छ।

ओलीजी प्रधानमन्त्री भएपछी छिटो विकास होस् र त्यो विकासले सम्पन्नता ल्याओस भन्ने जनताको चाहना छ। तर मुलुक संघियतामा गैसकेकोले राज्यको ठूलो रकम ब्यबस्थापन खर्चमा जाने देखिन्छ।

मुलुकको ४१ औ प्रधानमन्त्रीको रुपमा दोश्रो पटक प्रधानमन्त्री भएका ओलीलाई आफ्नै पार्टीबाट केही खतरा हुन सक्छ कि भन्ने प्रश्नमा लालबाबु पण्डित भन्छन–सरल र सहज कुनै कुरामा पनि हुदैन। नेतृत्व सिंहझैँ अघि बढ्ने हो भने ती खतरा आफै हटेर जान्छन्। भेंडाको कमान्डर सिंह लाइ बनाइदियो भने भेंडा पनि सिंह झैँ हुन्छ। त्यसैले बोल्ड निर्णय गरेर गलत कुरामा अलिकति पनि सम्झौता नगरेर प्रधानमन्त्रीले काम गर्नुभयो भने काम गर्न सकिन्छ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको चुनावमा भोगेको पराजयप्रति इंगित गर्दै नवनियुक्त मंत्री लालबाबु पण्डित भन्छन–हामी लोकतान्त्रिक अभ्यासमा छौं प्रतिस्पर्चामा कहिले जीत हुन्छ,कहिले हार हुन्छ।

नवनियुक्त मंत्री लालबाबु पण्डितले दुई पार्टीको एकीकरण,दुई शिर्ष नेताहरुको पार्टीगत पद ब्यबस्थापन र आगामी दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीका बारेमा के के भने त बह्नेर जान्नका लागि लिंकमा क्लिक गर्नुहोस।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।