प्रधानमन्त्री ओलीको पहिलो रोजाईमा परेका मन्त्री लालबाबु पण्डित भन्छन,- म झण्डा हल्लाउने मन्त्रीमा सीमित रहन्नँ

विगतमा सामान्य प्रशासन मन्त्री बनेको समयमा गरेको कामका कारण लालबाबु पण्डित इमान्दार र स्वच्छ छवीका नेताको रुपमा परिचित छन् । प्रधानमन्त्री केपी ओलीले लालबाबुलाई पहिलो रोजाइको मन्त्री बनाएका छन् । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मा पाएका पण्डितले यसपटक पनि आफूले केही नयाँ काम गर्ने सोच बनाएको बताएका छन् ।

प्रस्तुत छ कुराकानीको अंश

प्रधानमन्त्री ओलीको पहिलो रोजाईंमा पर्नुभयो कस्तो अनुभूति गर्नु भएको छ ?
– मैले खुसी व्यक्त गरेको छु । बिहीवार ४ बजे प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागि हुन बोलाइएको थियो । म प्रधानन्त्रीको शपथ कार्यक्रममा जाने तयारी गर्दै थिए । मलाई मन्त्री बनाइदैछ भनेर मैले ४ बजेर १० मिनेटमा थाहा पाएको थिए ।

जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँनु भयो, तपाईंको चाहना यहि थियो ?
– आफ्नो चाहनाले हुँदैन । प्रधानमन्त्रीले विश्वास गरेर जे जिम्मेवारी दिनुभयो त्यसबाट यात्रा शुरु गर्दैछु ।

वातावरण मन्त्रालयमा बसेर कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
– अहिले पर्यावरण बिग्रिएको छ, जनसंख्या पनि असन्तुलनको स्थीतिमा छ । त्यसैले जनसंख्यालाई नेपालको आवश्यकता अनुसार सन्तुलनमा राख्दै मानव जीवनको निम्ति प्रकृति मैत्री वातावरण बनाउँने योजना बनाएर अगाडि बढ्छु ।

तपाई आफै कूचो बोकेर काठमाडौंको धूलो सफा गर्न निस्कनु भएको थियो । अब काठमाडौंको धूलोधूवा र प्रदूषण नियन्त्रणका लागि के गर्नु हुन्छ ?
– मैले भर्खरै जिम्मेवारी पाएको छु । अवश्य पनि काठमाडौंको प्रदूषण नियन्त्रणका लागि म काम गर्छु । यसको बारेमा मन्त्रालयको ब्रिफिङ लिन बाकी छ । अहिले रहेका नीतिहरुको अध्ययन गरेर विज्ञहरुसंग सरसल्लाह पनि लिन्छु, अनि नयाँ निर्णयहरु गर्छु ।

विगतमा गरेको कामका कारण सामाजिक सञ्जालहरुमा तपाइको प्रसंशा भयो, यसपटक नयाँ के गर्नु हुन्छ ?
– म अरु मन्त्रीले जस्तो झण्डा मात्रै हल्लाउदिन । जनताले अनुभुति गर्नेगरी कार्यको शुरुवात गर्छु ।

गृहमन्त्रीको जिम्मा पाए गुण्डागर्दी तह भन्नुभएको थियो, अब ‘भ्रष्ट’ कर्मचारीलाई कसरी तह लगाउनु हुन्छ ?
– मैले भनेकै हो गृहमन्त्रीको जिम्मेवारी पाएभने ५० प्रतिशत अपराधलाई ६ महिना भित्र कम गर्छु भनेकै हो । अब मेरो मन्त्रालयमा पनि इमान्दारी पूर्वक उत्साहित भएर काम गर्ने कमर्चारीलाई प्रोत्साहित गर्छु र काम नगर्ने र गलत काममा हात हाल्नेलाई दण्डित गर्छु ।

नयाँ सरकारको प्राथमिकताहरु के के छन् ?
– हाम्रो पहिलो प्राथमिकता जनचाहना अनुसार सामाजिक सद्भाव कायम गर्दे राजनीतिक स्थिरताको साथमा सबैलाई साथ लिएर समृद्धि र विकासको दिशातर्फ अगाडि बढ्ने हो । यसका लागि योजनाहरु केही दिनमा सार्वजनिक हुन्छ ।

– मन्त्री पण्डितसँग रिता लम्साल ले गरेको छोटो कुराकानी लोकान्तरबाट साभार ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।