प्रहरीको निगरानीमा रहेका ‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई दिए धम्की

बनेपा, ५ फागुन । धम्की, अपहरण, हत्या, जबरजस्ती पैसा असुली जस्ता घटनामा संलग्न रहेको भन्दै प्रहरीको निगरानीमा रहेका ‘गुन्डा नाइके’ दावा लामा नेपाल तरुण दल काभ्रेको जिल्ला अध्यक्षमा नियुक्त भएका छन् ।

हत्या अभियोगसहित विभिन्न अपराधमा सजाय भोगी सकेका दावालाई नेपाली कांग्रेसले तरुण दलको जिम्मेवारी दिएको हो । केही महिना अगाडि तरुण दल काभ्रेको अध्यक्षमा नियुक्त भएका दावालाई सामाजिक सञ्जाल फेसबुकमा बधाई आउने क्रम जारी छ ।

दावालाई प्रहरीले राजधानीमा गैरकानूनी कार्य गरेको भन्दै दर्जनौ पटक पक्राउ गरेर छाडेको थियो । दावालाई कांग्रेस काभ्रेका नेता तीर्थ लामाले संरक्षण दिँदै आएका छन् । दावालाई संरक्षण गर्नेमा महेश खरेल पनि देखिएका छन् । खरेल तरुण दलका नेता हुन् । दावाका गलत काम र राजनीतिक संरक्षण दिँदै आएका तीर्थ र खरेलकै दवावमा तरुण दलको जिम्मेवारी दिइएको हो ।

राम्रो छवि नभएका दालालाई तरुण दलको अध्यक्षको जिम्मेवारी दिएपछि काभ्रे कांग्रेसभित्र बबण्डर भएको छ । दावालाई तरुण दलको अध्यक्षबाट हटाउन दवाव उठेको छ । यद्यपि, दावा लामाले आफूलाई कसले तरुण दलको अध्यक्ष पदबाट नहटाउन भनेर धम्की दिएको काभ्रे कांग्रेसका एक नेताले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।