जहाँ आफ्नो सुन्दरता नियाल्न प्रकृतिले नै यसरी आकर्षण गर्दछ !

पर्यटकीय सम्भावना वोकेको धनकुटाको सागुरीगढीगाउँपालिका !

धनकुटा खबर । आउ तिमी मलाई नजिकवाट हेर । माया गर । संरक्षण गर । मायाले तिमी मलाई प्रवद्र्धन गर । यति माया गर की तिम्रो मायाले म मा चमक आओस् । जुन चमकले विहानी पख सूर्यको किरणले तरेली परेका पहाड मुस्कुराए झै म मुस्कुराउन सकुँ । र मेरो चमकले तिमीमा, अनि तिम्रो गाउँमा सधै विकासको ज्योति छरी उज्यालो वनाई रहनेछु ।

हो साच्ची ! मौन भावमा यस्तै भने झै भान हुन्छ धनकुटाको सागुरीगढीगाउँपालिका ९, साविक आहाले गाविसको कतिपय पर्यटकीय सम्भावना वोकेका ठाउँहरुले । भौगोलिक दुरीको हिसावले धनकुटा सदरमुकाम देखी निक्कै टाढाको साविक आहाले गाविस क्षेत्रमा पर्यटकीय सम्भावना वोकेका त्यस्ता धेरै ठाउँहरुछन् ।

जो पूर्वाधार विकासकासको हिसावले समेत पछि परेकाछन् । त्यस्तै ठाउँहरु मध्ये कै एउटा ठाउँ हो धैरी डाँडा । ९ नं वडाका वडाध्यक्ष जीत वहादुर राईका अनुसार यो डाँडा लाई पर्यकीय स्थलको रुपमा विकास गर्न सके निक्कै राम्रो पर्यटकीय गन्तव्य वन्न सक्छ ।

भौगोलिक हिसावले नै समून्द्र सतहवाट अनुमानित ६-७ हजार फिट अग्लो यो डाँडा यातायात आवागमनको लागि सडक नै नहुँदा व्यवस्थापनमा पछि परेको वडाध्यक्ष राईको भनाई छ । यो डाँडा वाट पूर्वाञ्चलका प्राय अधिकांश ठाउँहरुको दृष्यावलोकन गर्न सकिन्छ ।

त्यस्तै पर्यटकीय सम्भावना वोकेको अर्को ठाउँ हो, डडुवा डाँडा यो डाँडालाई पनि पर्ययटकीय गन्तव्य विन्दुको रुपमा विकास गर्न सके राम्रो हुने भन्दै वडाध्यक्ष राईले मुख्यतः पानीको अभावको कारण यसको विकासमा समस्या भएको वताउनुभयो । यी वाहेक त्यस क्षेत्रको अन्य पर्यटकीय गन्तव्यहरु मूक्तिनाथ मन्दिर,ङाछेन झरना र पाँचकञ्या गुफा लगायतको विकासले भने यसपलिदेखी केही गति लिने भएको छ ।

जसअनुसार सुनसरीको धरानवाट झण्डै १८ किलो मिटर यता रहेको मूक्तिनाथ मन्दिरमा यो वर्ष ८ लाख वरावरको काम हुँदैछ । वृहत्तर वराह क्षेत्र विकास कोषवाट प्राप्त ६ लाख र सागुरीगढी गाउँपालिकावाट प्राप्त २ लाख सहित जम्मा ८ लाख को लागतमा मन्दिर विकास तथा व्यवस्थापनको काम गर्न लागिएको वडाध्यक्ष राईको भनाई छ ।

झण्डै ७ वर्ष पहिला निर्माण गरिएको यो मन्दिरमा यसअघि वृहत्तर वराह क्षेत्र विकास कोषको करिव १० लाख लगानीमा मन्दिर र डेडसय मिटरको ७ फुट वरावरको सिढीं निर्माण भैसकेको छ ।

फागुन पूर्णीमाको दिन विशेष मेला लाग्ने र पूजापाठ गरिने यो मन्दिर भन्दा त्यस्तै ३ सय मिटर तल भगवान श्री रामको पालामा राम लक्षमण गुप्तवास वसेको स्थान गुप्तिगङ्गा भन्ने ठाउँमा राम लक्षमणले धनुवाण हानेर निकालेको पानी चढाउन निर्माण गरिएको हो भन्ने किंवदन्ती छ ।

त्यस्तैगरी गाउँपालिकाको ५ लाख लागतमा ङाँछेन झरना प्रवद्र्धन गर्ने तयारी गरिएको छ । धरानबाट करिव २४ किलो मिटर यता रहेको यो झरना प्रवद्र्धन गर्ने कार्य अन्र्तगत ५ लाख लागतमा दिलुङटार जाने सडकदेखी केहीमाथिवाट झरना सम्म पुग्ने ५ सय मिटरको लामो सडक वनाउने योजना छ ।

स्थानीयका अनुसार यो झरना त्यस्तै २ सय फीट अग्लो छ । यता वडा कार्यलयवाट २ सय मिटर पर रहेको पाँचकञ्या गुफाको लागि पनि अहिले वडा कार्यलयले छुट्याएको ५० हजार रकमले गुफा क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि केही कामकोे थालनी गर्ने योजना छ ।

उसैपनि प्राकृतीक सौन्दर्यताले सम्पन्न यस्ता स्थानका यी र यस्तै प्राकृतीक तथा भौगोलिक वस्तुहरुलाई थोरै भएपनि वजेटको श्रोत जुटाएर केही मेहनत गरी क्रमश संवद्र्धन गर्दै विकासका पूर्वाधार निर्माण गर्ने हो भने त्यस्ता स्थानको सुन्दरताले पक्का सार्थकक्ता पाउने र विकासोन्मुख ठाउँको विकासमा टेवा पुग्नेमा दुई मत छैन । – फाेटाे अञ्जना राईकाे सहयाेगमा ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।