भारतलाई ‘लल्कार्ने खुबी’ राख्ने नेता केपी ओली जो नेपालका प्रधानमन्त्री बने, यस्ता छन चीन र भारतसँगको कुटनीतिक चुनौती – भिडियो सहित
दक्षिणको दृष्टिकोणलाई ‘लल्कार्ने खुबी’ राख्ने नेता नेपालको प्रधानमन्त्री बनेका छन् । अर्थात नेपालको संविधानमा आफ्नो स्वामित्व खोज्ने दक्षिणी छिमेकी भारतको दृष्टिकोणलाई सिधा–सिधा जवाफ दिंदै राजनीतिक वर्चश्व स्थापित गर्न सफल मानिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको आगामी कुटनीतिक चुनौती चानचुने छैन । एकातर्फ चीनसँगको सहकार्य र अर्कोतर्फ भारतको विश्वास जित्नु उनतर्फ तेर्सिएको महत्वपूर्ण चुनौती हो ।


