माओवादीका मन्त्री हटाउन माओवादीकै दवाव !

पोखरा, ६ फागुन । प्रदेश नम्बर ४ मा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले सल्लाह बिना नै आफू खुशी मन्त्रीमा नाम पठाएको विषयले आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।

प्रदेश नम्बर ४ मा प्रदेशसभामा १२ सिट हासिल गरेको माओवादीले एकै भेगका दुई सदस्यलाई मन्त्री बनाएको भन्दै असन्तुष्टि बढेको छ । आफ्नै दलका मन्त्रीहरूलाई हटाउन ठूलै अभियान चलाउन सक्ने एक सदस्यले बताए ।

शुक्रबार बेलुका तनहुँबाट निर्वाचित प्रदेशसभा सदस्य तथा संसदीय दलका नेतासमेत रहेका हरिबहादुर चुमान र गोरखाबाट निर्वाचित लेखबहादुर थापालाई मन्त्री सिफारिस गरिएको थियो । चुमानले आन्तरिक मामिला तथा कानून (गृह) र थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

मन्त्रीको शपथ ग्रहणमा केही सदस्य उपस्थित समेत भएनन् । उनीहरुले तत्कालै निर्णय सच्याउन पार्टी भित्रै माग गरिरहेका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रदेशसभा सदस्य दीपक कोइरालाले अविश्वसाको प्रस्तावमा आन्तरिक तयारी भइरहेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖