मन्त्री नबनाएको झोंकमा एमाले सांसदले राजीनामा दिएर जिल्ला हिडे
सुर्खेत, ७ फागुन । मन्त्री नबनाएको झोंकमा प्रदेश सभाका एक सांसदले सभामुखलाई राजीनामा दिएर जिल्ला हिडेका छन् ।
पूर्व सममति अनुसार मन्त्री नबनाइएको भन्दै उनले राजीनामा दिएका एमालेका सांसद अमरबहादुर थापाले जानकारी दिए ।
मुगुका सांसद चन्द्रबहादुर शाहीले बाँकेको कोहलपुरबाट प्रदेशका सभामुखलाई राजीनामा पत्र पठाएका छन् । शुरुमा आफूलाई सभामुख बनाउने आश्वासन दिइएको उनले दावी गरेका छन् । तर दैलेखका सांसद राजबहादुर शाहीलाई सभामुख बनाइएपछि को थियो ।
संस्थापन पक्षले आफूहरुलाई कर्नरमा पारेको उनले दावी गरेका छन् । प्रदेश सभाका ४ मन्त्री तीन मन्त्री संस्थापन र १ मात्र माधवकुमार नेपाल पक्षले पाएको छ । सभामुखसंग फोनमा सम्पर्क नभएपनि चिठ्ठी मार्फत उनले राजीनामा बुझाएका हुन् ।
सभामुख शाहीले भने आफूलार्इ चन्द्रबहादुर शाहीले राजीनामा नदिएको बताएका छन् । यो खबर शेरबहादुर थापाले लोकान्तरमा लेखेका छन ।


