धनकुटा महोत्सव फागुन २० बाट शुरु हुने

धनकुटा खबर । स्थगित भएको धनकुटा औधोगिक महोत्सव फगुन २० गतेबाट शुरु हुने भएको छ ।

आयोजक संस्था उद्योग बाणिज्य संघ धनकुटाले माघ २९ मा हुने भनेर स्थगित भएको महोत्सव पुन हुने कुरा बुधबार पत्रकार सम्मेलन गरेरे जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष उमेश घिमिरेले धनकुटालाई राजधानी बनाउने आनदोलन र सहयोगी संस्थाहरु संगको छलफल,परामर्शका कारण पहिले तोकेको समयमा महोत्सव हुन नसकेको जानकारी दिए ।

‘कृषि,पर्यटन,स्वास्थ्य,शिक्षा,स्वरोजगार,उद्योग र ब्यपार,समुन्नत प्रदेश नं. १ को आर्थिक बिकासको आधार’ भन्ने नाराका साथ सम्पन्न हुने उक्त महोत्सव १० दिन सम्म धनकुटाको टुंडिखेलमा सम्पन्न हुने छ ।

एक लाख लाख आन्तरीक तथा बाह्य पर्यटक भित्राएर ३ करोड बराबरको कारोबार गर्ने लक्ष रहेको उक्त महोत्सवमा १ सय २५ प्रदर्शनी र २५ खाना गरी जम्मा १ सय ५० स्टलहरु रहने छ ।

उक्त महोत्सवले धनकुटाको पर्यटकीय स्थल,घरेलु उत्पादनको बजार पहिचान,कृषि जन्य बस्तु तथा स्थानिय कला संस्कृतिको प्रवद्र्धन र एनटिआईएसमा रहेको बस्तुहरुको प्रचार गर्न सहयोग पुग्ने आयोजनकले जानकारी दिएको छ ।

अनुमानित ५९ लाखको लागतमा सम्पन्न हुन लागेको उक्त महोत्सवमा ब्यपार निकासी केन्द्र काठमाण्डौं, उद्योग बाणिज्य संघ काडमाण्डौ, पर्यटन बोर्ड, स्थानिय निकाय र बिभिन्न ब्यसायीक संस्थाको सहयोग रहने छ ।

महोत्सवका लागि १ सय १ मुल समारोह समिति र बिभिन्न १४ वटा महोत्सव उप–समिति गठन गरेर महोत्सव तयारीको प्रचार संयोजक बिजय सन्तोषी राईले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।