फोरम सँग मिल्न लागेका अाेलीलाई बाबुरामले दिए यस्तो दनक

काठमाण्डौं, १६ फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले संविधानमा हस्ताक्षर नगर्ने र संविधान संशोधन गर्न नपर्ने भन्नेहरु मिल्न लागेकोमा खुशी व्यक्त गरेका छन् ।

बुधबार एक ट्वीट गर्दै उनले गिलास पूरै खाली छ भन्ने र गिलास पूरै भरी छ भन्नेहरुको एउटै भान्सा हुन लागेको टिप्पणी गरे ।

‘गिलास पूरै खाली छ भन्दै संविधानमा हस्ताक्षर नगर्ने–ब्ल्याक आउट गर्नेहरू र गिलास पूरै भरिएको छ, कुनै संशोधन आवश्यक छैन भन्दै दीपावली मनाउने र आन्दोलनकारीहरूमाथि गोली वर्षाउनेहरू दुवै संविधान संशोधन गरेर एउटै भात भान्सा गर्न लागेको देख्दा खुशी !,’ उनले अगाडि भनेका छन्, ‘आधा गिलास खाली आधा गिलास भरी भनेकै त हो !’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖