धनकुटा महोत्सवमा घोडाचडी देखि हेलिकोप्टरबाट स्थान अबलोकन सम्म, अन्य के ? – भिडियो सहित
धनकुटा खबर । धनकुटामा चौथो प्रादेसिक औधोगिक ब्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव यस फागुन २० गते देखि ३० गते सम्म अयोजना हुने भएको छ ।
यस अघि माघ २९ गतेबाट १० दिनसम्म संचालन हुने भनिएको महोत्सव प्रादेशिक राजधानीको माग गर्दे आन्दोलन चर्किएपछि स्थगित गरिएको थियो । प्रादेसिक राजधानी माग गरेर चलेको ३८ दिन लामो आन्दोलनले थलिएको धनकुटाको ब्यापार ब्यबसायलाई उकास्न र धनकुटाको समृद्धिलाई चिनाउन महोत्सवले सहयोग पुर्याउने आशा गरिएको छ ।
नेपाल एकिकृत ब्यापार तथा निकासी प्रवर्दन केन्द्रमा समावेस भएका १९ किसिमका कृषिजन्य बस्तुहरुको स्टल र पुर्वाञ्चलका सवै जिल्ला उत्कृष्ट उद्येमीहरुको सहभागी हुने बताइयो । यो महोत्सवमा प्रदेस नं. १ का १४ जिल्लाका उद्योग बाणिज्य संघहरुले आफ्नो ब्यापारिक स्टल राख्ने छन् ।
त्यस्तै राष्ट्रियस्तरमा ख्याती कमाएका कम्पनीहरुको समेत स्टल हुने भएकाले विगतको भन्दा भिन्न हुने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेस घिमिरेले बताउनुभयो । ब्यापार प्रबद्र्धनका १२५ वटा र २५ वटा खानाका स्टल रहने यो महोत्सवमा विभिन्न जातीय खानेकुरा, झाँकी, रमाईलो मेला, बाल उद्यान र गीत संगितको आकर्षण हुने भएको छ ।
त्यस्तै गरी महोत्सवलाई भव्य रुपमा सफल बनाउन विभिन्न १४ वटा उपसमिति बनाएको छ , यो महोत्सव मार्फत धनकुटाको पर्यटन विकास र आर्थिक विकास टेवा पुग्नेछ । यो महोत्सव संचालन गर्नको लागि ५९ लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिईएको छ ।
२० देखि फागुन ३० गते सम्म संचालन हुने महोत्सवमा तीन करोड भन्दा बढीको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।


