फिलिपिनी युवती पनि रुँदै-कराऊदै आईन सिधाकुरा जनतासँगमा, राखिन यस्तो गुनासो – हेर्नुहोस् सिधाकुरा

८ बर्षीय बालिका बलत्कार गर्ने सुनिल शाह तुराहा पक्राउ, लाइभ मै आयो अर्को बलत्कारको सुचना

‘सेवा गर्ने हातले अवार्ड नउचाले पनि फरक पर्दैन तर देखाउनका लागि गरिएको सेवा ठ्याक्कै छुटिन्छ’

आज अन्तराष्ट्रिय नारी दिवस । संसारका विभिन्न देशमा शक्तिशाली र महत्वपुर्ण स्थान ओगटेर नारीहरु अघि बढ्दै छन् । तथ्याङले देखाएको छ कि महिलाहरुले चलाएको प्रशासनमा भष्ट्राचार निकै कम हुने गरेको छ । अधिकांश संघ सस्थाहरुमा महिलाहरुले महत्वपुर्ण पद ग्रहण गर्दा तुलानात्मक रुपमा ती संस्थाहरु सफल भएका छन् ।

महिलाहरुले लीड गरेका देशहरुको संख्या बढ्ने क्रममा छ । बेलायतकी प्रधानमन्त्री महिला, नर्वे, न्युजल्याण्ड, आइसल्याण्डमा प्रधानमन्त्री, महिला । जर्मन चान्सलर महिला, पेरु, सर्विया, वंगलादेश, रोमनिया, नामबियामा प्रधानमन्त्री महिला छन् ।

देश हाक्न सक्ने यी शक्तिशाली र गौरवशाली महिला प्रधानमन्त्रीहरु मात्र होइन, राष्ट्रपतिका रुपमा पनि महिलाहरु अघि छन् । लिथुवानीया, इस्टोनिया, क्रोएसिया, माल्टा, चिली मात्र होइन हाम्रै देश नेपालमा पनि महिला राष्ट्रपति छन् ।

प्रधानमन्त्री, राष्ट्रपति मात्र होइन मुलुकका उच्च पदमा रहेका महिलाहरुले पुरुषवादी समाजलाई एकात्मकताबाट बाहिर निकाल्न जसरी विश्वव्यापी सन्देश दिइरहेका छन् त्यसले परिर्वतनको एक दरिलो शंखनाथ गरिरहेका छ ।

संसार हाक्ने यि शक्तिशाली नारीहरुको उदाहरण दिइरहँदा, गोडामा एक जोर चप्पल नदेखी मर्ने महिलाको स्मरण गरांै, छाउगोठमा शर्पले डसेर मर्न विवश दिदीबहिनीको कुरा गरौ, आफ्नै दाजुभाई र बाबुको हातबाट वेचिएका चेलीको कुरा गरांै ।

एक दिन मनाइने नारी दिवसले विश्वभरी पिडा, अपहेलना, बलत्कार, विभेदमा परेका नारीहरुको पक्षमा केनै वकालत गर्न भ्याउला र तर नारी अधिकारका लागि खुलेका विविध संघसंस्थाहरुको होडबाजी अचेल विदेशी फण्ड र विदेशी अर्वाडमा लोभिएको भान हुँदैछ ।

सेवा गर्ने हातले अर्वाड नउचाले पनि फरक पर्दैन । किन हो किन देखाउन गरिएको सेवा र गर्न गरिएको सेवा ठ्याक्कै छुटीने रहेछ, तेलमा मिसिएको पानी छुट्टीएझंै ।

सेवा गर्ने मनको बारेमा एउटै कुरा भन्न चाहन्छु । जो संग स्वच्छ सेवा भाव छ उसले जति लुकाएपनि देखिन्छ, जो सँग छैन उसले जति देखाओस, मरेकाटे देखिन्न ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖