सहिदभूमी गाउँपालिकाको प्रथम स्थापना दिवसको अवसरमा सरसफाइ
धनकुटा खबर । सहिदभूमी गाउँपालिकाको प्रथम स्थापना दिवसको अवसरमा अन्र्तरक्रिया तथा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।

गाउँपालिका कार्यालय रहेको पिप्ले डाडाँमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष मनोज राईले गरेका थिए । सञ्चालन प्रमुख प्रकासकीय अधिकृत इन्दिरा न्यौपानेले गरेकी थिइन ।
सरसफाइ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई, विषयगत कार्यालयका कर्मचारी र स्थानीय वासिन्दाको सहभागिता थियो । कार्यक्रमका सहभागीहरुले गाउँपालिका कार्यालय रहेको स्थानमा सरसफाइ समेत गरेका थिए ।


