‘अध्यक्ष छोड्दैनौं, फिप्टी–फिप्टी भन्दैनौं’ : माओबादी केन्द्र नेता देवेन्द्र पौडेल (भिडियो सहित)

एकिकृत पार्टीको सहअध्यक्ष भएपनी कार्यकारी अधिकार प्रचण्डले लिएर पार्टी चलाउनु पर्छ। माओवादी नेता तथा सांसद देवेन्द्र पौडेलले माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।

दुई बर्षपछि एकिकृत पार्टीको महाअधिवेशन गरिन सक्ने पौडेल बताउछन्।महाअधिवेशनले गर्ने निर्णय स्विकार गर्ने र पाँच बर्ष सम्म स्थायी सरकारमा तलमाथी नहुने पौडेलको भनाई छ।

प्रचण्डको व्यक्तित्वलाई नजरअन्दाज गरेर पार्टी एकिकरण गरियो भने त्यो कुरा सहज हुँदैन भन्ने एमालेले बुझ्नु जरुरी छ र थुप्रै हण्डर र प्रतिकुलताका वावाजुद पनि पार्टीलाई एउटा प्रणालीमा टिकाएर ल्याउने काम जसरी एमाले वृतका साथीहरुले गरे र विधी र प्रणालीमा टिकाए र माओवादीको लहर चल्दा पनि एमाले पार्टी टिक्यो,त्यो माओवादीले बुझ्नु जरुरी भएको पौडेलको भनाई छ।

पौडेल अगाडि भन्छन् -‘माओवादी पार्टी खतरा मोल्ने पार्टी हो। पृथ्वीनारायण शाहको पालादेखि जग बसेर आएको नेपाली सेनासँग त खतरा मोलेर लडाईमा भाग लियौं,गणतन्त्रको अपिल गर्यौ भने त्यो भन्दा एमालेसँगको एकता आरामदायी छ,किन डराउने ?’ हेर्नुहोस् पौडेलसँगको कुराकानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖