धनकुटाको हिलेमा धिमे वाजा र लाखे नृत्य प्रशिक्षण

धनकुटा खबर । झिंगु नेवा समाज हिलेको आयोजनामा धिमे वाजा एवम् लाखे नृत्य सम्वन्धि एक महिने प्रशिक्षणको आज उद्घाटन गरिएको छ ।

धनकुटा गरपालिका वडा नं १ का वडाध्यक्ष निरेन तामाङ्गको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष डिजेश शाक्यको अध्यक्षतामा सञ्चालित एक कार्यक्रमको वीच उद्घाटन गरिएको हो ।

नृत्य प्रशिक्षणमा नेवार समुदायका महिला पुरुष सहित अन्य समुदायमा विद्यर्थीहरु समेत गरी २५ जनाले सहभागीता जनाएकाछन् । नृत्य प्रशिक्षण नेवा देय दवु काठमाण्डौका प्रशिक्षक धन कृष्ण साजावाले दिने जनाईएको छ ।

कार्यक्रममा वडाध्यक्ष तामाङ्गले विभिन्न जातजातीका धर्म संस्कृती परम्परा संरक्षण प्रवद्र्धन गर्दै जानु पर्ने र अहिले सञ्चालन गरिएको कार्यक्रम ले सार्थक्ता पाओस भन्ने कामना व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमको लागि आगामी दिनमा वडाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उद्योग वाणीज्य संघका अध्यक्ष उमेश घिमिरेले अहिले समाजमा देखिएका जातीय विकृतीको न्यूनिकरणका लागि यस समाजले यस्ता कार्यक्रमहरु गरेर भूमिका निर्वाह गरिरेको वताउनुभयो । उहाँले यस्ता जातिय परम्पराहरुलाई संरक्षण गर्दै जानका लागि आफ्नो तर्फवाट सहयोग गर्ने समेत वताउनुभयो ।

त्यस्तै वडा सदस्य लालचन गोम्वाले समाजले आफ्नो संस्कार संस्कृतीलाई जगेर्ना गरेर अघि वढ्ने जमर्को गरेको प्रति खुशी व्यक्त गर्दै मातृभाषा सवैले वोल्न र अरु नयाँ पुस्तालाई पनि सिकाउन आवश्यक रहेको वताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक साजावाले नेवार समुदायको धिमेवाजाको महत्व र कहीले के का लागि वजाईन्छ भन्ने वारे जानकारी गराउनुभएको थियो । स्वागत मन्तव्य समाजका सदस्य विक्र श्रेष्ठले राख्नुभएको थियो । सदस्य सन्तोष श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।