सम्भब होला त हिलेका सबै घरमा ‘एकै रङ्ग’ ?, यस्ता छन निर्णय…
धनकुटा खबर । जिल्लामा पर्यटन प्रवद्र्धनका लागि हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाले विभिन्न निर्णय गरेको छ ।
संस्थाको आज हिलेमा बसेको वैठकले आगामी असोज ११ गते अन्तराष्ट्रि पर्यटन दिवस भव्यरुपमा मनाउन क्षेत्रीय होटल एशोसिएसन धनकुटासँग समन्वयका लागि छलफल गर्ने, हिलेमा रहेको पर्यटनको जग्गामा संस्थाको कार्यलय बनाउन सम्वन्धित निकायमा माग गर्ने लगायतको निर्णय गरेको छ ।
त्यस्तै गरी वैठकले क्षेत्रीय होटल एशोसिएसन र पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाको संयूक्त सम्पर्क कार्यलय काठमाण्डौमा पनि खोल्ने निर्णय गरेको संस्थाका अध्यक्ष खगेन्द्र कुमार विष्टले जानकारी दिनुभयो ।

उहाँले हिले वजारका सम्पूर्ण घरहरुमा एउटै खालको रङ्ग लगाई वजार क्षेत्रलाई रङ्गको हिसावले एकरुपता कायम गर्ने वारेमा भने यहाँका अन्य सम्वन्धित संघ संस्था तथा स्थानीय वुद्धीजिविहरु सँग वृहत छलफल गरेर निष्कर्ष निकालिने पनि वताउनुभयो ।
आजको वैठकमा धनकुटा नगरापलिका १ नं वडा कार्यलयका पदाधिकारी सहित विभिन्न संस्थाका प्रतिनीधिहरुको उपस्थिती थियो ।



