प्रभु लाईफ ईन्स्योरेन्सद्वारा अभिकर्ता तालिम
धनकुटा खबर । प्रभु लाईफ ईन्स्योरेन्सले धनकुटामा एक दिने अभिकर्ता पुनरताजगी तालिम सम्पन्न गरेको छ ।
धनकुटा शाखाको आयोनामा सम्पन्न उक्त तालिममा जिल्ला भरी काम गर्ने ३४ जना अभिकर्ताहरुलाई तालिम दिईएको शाखा प्रमुख भगवती कार्कीले जानकारी दिए ।
सहभागिहरुलाई प्रभु लाईफ ईन्स्योरेन्स प्रदेश नं.-१ प्रमुख पुस्कर भट्टराईले बिमाको महत्व,प्रकार,बिमा गर्ने तरीका आदीका बिषयमा तालिम दिएका थिए ।



