कल्व स्तरीय पुरस्कार धनकुटाको सिंधुवालाई
धनकुटा खबर । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आयोजना गरेको अन्तर क्लव स्तरीय निवन्ध प्रतियोगिता वडा नं. ६ को ंिशदेवी यूवा क्ल्यका दिवेश खड्काले जितेका छन् ।
‘स्थानीय विकासमा यूवाहरुको भूमिका’ बिषयक उक्त प्रतियोगीतामा उनले ३० दशमलव ५ अंक ल्याएर प्रतियोगी क्लवलाई बिजयी गराएका हुन् ।
त्यस्तै प्रतियोगितामा यूवा लाफा समुहका पारस मगरले २८ दशमलव ७ अंक ल्याएर द्वृतीय र २५ दशमलव १६ अंक ल्याएर सगरमाथा यूवा क्लवका रमादेवी लुंगेली मगर तेस्रो भएका छन् ।

अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागी भएका ७ कल्व मध्ये सान्तत्वना पुरस्कार काजिमान यूवा कल्वका महेश लिम्बूले पाएका छन् ।
बिजेता प्रथम, द्वतीय र तृतीय क्ल्वका सहभागीहरुलाई क्रमश पाँच हजार, चार हजार र ती हजार नगद पुरस्कार,मेडल र प्रमाण–पत्र वितरण गरिएको थियो ।
बिजेता तथा सहभागीहरुलाई गाउँपालिकाका अध्यक्ष शेरबहादु लिम्बू सहित गाउँपालिकाका कर्मचारी तथा पदाधिकारीहरुले सम्मान गरेका थिए ।



