सुख्खा भू–भागको योजना बनाउन अर्थ मन्त्री आफै अवलोकनमा, अल्पकालिन र दीर्घकालिन योजनाहरु बन्ने

धनकुटा । प्रदेश नं.१ का भू–भागका सुख्खा ग्रस्त क्षेत्रको गुरु योजना बनाउन प्रदेशका अर्थ मन्त्री ईन्द्र आम्बोहाङ्ग(मौसम) लिम्बू आफैं त्यसको अध्ययन र सर्भेक्षण गर्न लागेका छन् ।

पानी अभाव र भू–भाग सुख्खा भएकै कारण मानिसहरु बसाई सराई गर्ने दर अत्याधिक भएपछि प्रदेशका बिभिन्न मन्त्रालयका उप–सचिव र बिज्ञहरुको टोलीको संलग्नतामा अध्ययन शुरु गरिएको हो ।

बुधबार धनकुटाको साबिक कुरुले तेनुपा गाबिस हाल चौबिसे गाउँपालिका वडा नं.३ का बिभिन्न स्थानको टोलीले अवलोकन तथा अध्ययन गरेको छ ।

अध्ययन टोलीमा मन्त्री लिम्बू सहित, धनकुटाका सांसद निरन राई, भुमी ब्यबस्थापन, कृषि तथा सहकारी मन्त्रालय, आन्तरीक मामिला तथा कानून मन्त्रालय अन्तर्गत बिपद ब्यबस्यापन महाशाखा र मुख्य मन्त्रीको कार्यालयका ३ उप–सिचवहरुको सहभागिता रहेको थियो ।

भुमी ब्यबस्थापनका मनोज यादव,आन्तरीक मामिलाबाट रविन्द्र आचार्य र मुख्य मन्त्रीको कार्यालयबाट राजकुमार केसी लगाएतको सहभागिता रहेको थियो ।

यस अघि तेह्रथुम जिल्लाको छ थर गाउँपालिकाको अध्ययन सकेको टोलीले धनकुटा पछि पाँचथरको तुम्मेवा र कुमायक गाउँपालिकाको सुख्खा क्षेत्रको अवलोकन गर्ने टोलीले जानकारी दिएको छ ।

ती स्थानहरुको अध्ययन र अवलोकन सकिएपछि अल्पकालिन र दीर्घकालिन योजना निर्माणका लागि प्रदेश मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मन्त्री लिम्बूले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।