धनकुटाको चौबिसेबाट ६५ लाख मूल्य बरावरको तरकारी बालि निकासी गरियो

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट आर्थिक बर्ष २०७४—२०७५मा करिब ६५ लाख मूल्य बरावरको तरकारी बालि निकासी भएको छ ।

चौबिसे गाउँपालिकाको कृषि शाखाले दिएको जानकारी अनुसार काउली, बन्दा, मुला लगाएतको तरकारी बालि निकासी भएको कृषि शाखाका प्रविधिक सहायक बीरेन्द्र तामाङ्गले जानकारी दिए । उनका अनुसार चौविसेको राजारानी, मुढेवास, बसन्तटार लगायतका क्षेत्रमा व्यावसायीक तरकारी खेति हुने गरेको छ ।

पछिल्लो समय टोलटोलमा भएको सडक विस्तारले किसानहरु व्यावसायी खेति तर्फ लाग्ने को संख्या बढदै छ । यसरी सडक टोलटोलमा पुगे पछि सरकारी र निजिस्तरमा रहेका तरकारी उपज संकलन केन्द्र भने बन्द हुदै गएको तामाङ्गले जानकारी दिए ।

चौबिसेका रहेका ६ बटा कृषि उपज संकलन केन्द्र बन्द भएको कार्यालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।