हिले क्याम्पसलाई १० लाख दिने मेयर तामाङको घोषणा !
धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिले क्याम्पसलाई शैक्षिक गुणस्तर वृद्धीका लागि १० लाख दिने घोषणा गर्नुभएको छ ।
क्याम्पसको दोश्रो क्याम्पस सभालाई सम्वोधन गर्दै उहाँले त्यस्तो घोषणा गर्नुभएको हो । क्याम्पस सभाका जेष्ठ सदस्य निर वहादुर घिमिरेका अध्यक्ष्तामा भएको सभामा उहाँले यस क्याम्पसले शैक्षिक गुणस्तर वृद्धी गरी वार्षीक शत प्रतिशत विद्यार्थी उर्तीण गराउन सफल भए आफ्नो तर्फवाट जस्तो सुकै सहयोग गर्न तयार रहेको समेत उहाले वताउनुभयो ।
सभामा मन्तव्य राख्ने अन्य अतिथिहरुले यस क्याम्पसलाई वहुमुखी क्याम्पस सो सरह स्तर वृद्धी गर्नुपर्नेमा जोड दिएका थिए । सभामा क्याम्पसका उत्कृष्ठ तीन जना विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । पुरस्कृत हुने विद्यार्थीहरुमा युविना गुरुङ,अस्मिता राउत र वासुदेव घिसिङ तामाङ रहेकाछन् ।

सभामा जिल्ला समन्वय समितिका सदस्य ओङद तामाङ, पूर्व क्याम्पस प्रमुख तथा विद्यालयका प्रधानाध्यापक रमेश घिमिरे,भूपेन्द्र कट्वाल,वुद्ध तितुङ लगायतकाले मन्तव्य राखेका थिए । भने क्याम्पस प्रमुख डिल्ली प्रसाद रेग्मीले क्याम्पसको वार्षीक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख तारानाथ मिश्रले राख्नुभएको थियो । सभाको सञ्चालन शिक्षक दिपक घिमिरेले गर्नुभएको थियो ।


