धनकुटाका सन्देशलाई हङ्गकङ्गबासीद्वारा २ लाख बढी आर्थिक सहयोग, अब चाँढै अभियान बन्द गरिने

धनकुटा । आर्थिक अभावले उपचार समस्यामा परेका धनकुटा चौबिसे बालक सन्देश तामाङ्गको उपचारको लागि हङ्गकङ्ग निवासी नेपालीहरुले २ लाख १३ हजार २ सय २० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

२०७३ सालमा करेन्ट लागेर एक हात गुमाएर देब्रपाटो आधा शरिर अपाँगता भएका चौबिसे गाउँपालिका वडा नं. २ बन्दुके डाँडा निवासी ७ बर्षिया तामाङ्गका बारेमा पहिलोपटक यस अनलाईनले समाचार प्रकाशन गरेको थियो ।

आर्थिक अभावमा लडेर टाउकोमा लागेको चोटको उपचार गर्न नसकेको यस धनकुटा खरबरले भदौ २६ गते समचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन पछि अनलाईनले अभियान शुरु गरेपछि आर्थिक संकलन गर्नेक्रममा हङ्गकङ्ग निवासी ४ जना नेपाली महिलाहरुको पहलमा उक्त सहयोग जुटेको हो ।

हङ्गकङ्ग बसोबास गर्दै आउनुभएका शर्मिला गुरुङ(लमजुङ) ,टिकामाया गुरुङ(कास्कीं),समु राई र सारदा राई (खोटाङ्ग)को पहलमा उक्त सहयोग जुटेको नेपाली प्रतिनिधि गायक तथा ईभेन्ट म्यानेजर धरानकी मिना सिङ्गकले जानकारी दिनुभयो ।

उक्त रकम धनकुटाका राजारानी रिसोर्टमा सन्देशका बाजे जितबहादुर तामाङ्गलाई सिंङ्गक सहित समाजसेवी तथा सौन्दर्यकर्मी कमला सुब्बा, गायिकका तथा मोडल रेखा फागोले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

करेन्ट लागेको समयमा उनको उपचारका लागि ऋण काढेको १० लाख ५० हजार र निजी ५ लाख गरी १५ लाख ५० हजार रुपैंया उनका परिवारले खर्च गरेका थिए ।तर पछिल्लो ४ महिना पछि भने उनी फेरी बिरामी हुंदा उनका बाउ आमा बेपत्ता भएर उनलाई समस्या भएको थियो ।

त्यसपछि धनकुटा खबर अनलाईनले आफ्नो तर्फबाट ११ हजार १ सय ११ सहयोग गर्दै सन्देश बचाउ अभियान शुरु गरेको थियो । अभियान पछि ‘स्वदेश नेपाल डट कम‘ बाट रु. ५ हजार, ‘पाथिभरा न्यूज डट कम‘बाट रु २ हजार २ सय २२, नेपाल ईलेक्ट्रिसिटी अथोरेटीमा कार्यरत नुवाकोट २ लिखु गाउँपालिकाका टिकादत्त ढकालले रु ५ हजार, ईटहरी निवासी निरु मगरले रु ३ हजार सहयोग गर्नुभएको छ । यो अभियानमा हङ्गकङ्ग निवासी महिलाहरुको सहयोग बाहेक धनकुटा खबरको खातामा २६ हजार ३ सय ३३ जम्मा भएको छ ।

अनलाईको खातामा संकलित रकम केहि हप्ता पछि तामाङ्ग परिवारलाई हस्तान्तरण गरि अभियान बन्द गरिने संस्थाका सन्चालक बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।

आर्थिक सहयोग पाएपछि बालक तामाङ्गको धरान स्थित बि.पि.मेमोरियल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि लाने तयारी भई रहेको उनका बाजे जितबहादुर तामाङ्गले जानकारी दिनुभयो ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने सहयोगको लागि:
खातावालाको नाम : धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि. (Dhankuta Khabar Netwrok Service Pvt.Ltd.)
बैंक : जनता बिकास बैंक, पाख्रीबास शाखा धनकुटा (Janata Bank)
खाता नं : ०२६००२०४७७४७२०१ (026002047747201)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।