पाख्रीवासका १ सय २७ जेष्ठ-एकल-अपांग नागरिकलाई सम्मान गर्दै सामाजिक सूरक्षा भत्ता वितरण

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाको जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई आज दीर्घायुको कामना गर्दै सम्मान गरिएको छ ।

नेपालीहरुको विभिन्न चाड पर्वहरु नजिकिदै गरेको अवसर पारी पाख्रीवास नगरपालिका ४ नं वडा कार्यलयले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गर्दै स्वास्थ्य समेत जाँच गरेको हो ।

४ नं वडाध्क्ष शोवित निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक, एकल तथा अपांगता भएका व्यक्ति १ सय २७ जनालाई सम्मान गरिएको छ । वडाध्यक्ष निरौलाले ९६ वर्षका जेष्ठ नागरिक खड्ग वहादुर वस्नेत र अपांगता व्यक्ति गोपाल तामांगलाई दोसल्ला ओढाई सम्मान कार्यक्रमको शूरु गर्नुभएको थियो ।

सम्मानित हुनेहरुमा ३७ एकल, ७ जना अतिअशक्त,३ जना पूर्ण अशक्त,७ जना दलित वालवालिका, ५२ जना अन्य सहित ४ नं वडाको जम्मा १ सय २१ जना र अरु वडाको ६ जना रहेकाछन् ।

खड्ग वहादुर र गोपाल वाहेक अन्यलाई प्रतिव्यक्ति आधा आधा के जी हर्लिक्स वितरण गरी सम्मान गरिएको हो । वृद्धवृद्धाहरुका लागि दोसल्लाको तुलनामा हर्लिक्स उपयोगी भएकोले त्यही दिएर सम्मान गरिएको वडाध्यक्ष निरौलाको भनाई छ ।

कार्यक्रममा वोल्दै वडाध्यक्ष निरौलाले वडाले अहिले जेष्ठ नागरिकहरुका लागि सार्वजनिक यातायातहरुमा यात्रा गर्दा वस्ने सिट सहज तरिकाले उपलव्ध गराउने विषयमा सम्वन्धित पक्ष सँग सहमति भएको जानकारी दिदै यदि कुनै समस्या भए वडा कार्यलय वा प्रहरीकोमा खवर गरी गुनासो राख्न सक्ने जानकारी गराउनुभयो ।

कुनै समय दिक्क लाग्दा जेष्ठ नागरिकरु एक ठाउँमा भेला भएर मनका कुरा एकापसमा आदान प्रदान गर्न जेष्ठ नागरिक विश्रामालय बनाउने वडाको योजना रहेको पनि उहाँले वताउनुभयो ।

कार्यक्रममा पाख्रीवास स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट गीता मगरले जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्नुभएको थियो । यसैवीच वडाले पहिलो चौमासिकको सामाजिक सूरक्षा भत्ता पनि आजवाटै वितरण गर्न शूरु गरेको छ ।

सो कार्यक्रममा उपस्थित भएकाहरुले त्यहींवाट भत्ता लिएको र वाँकीलाई घरघरमा गएर वितरण गरिने वडा कार्यलयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।