देउवालाई प्रधानमन्त्री बनाउने बामदेवको भित्री योजनाबारे चर्चित विश्लेषक डा. केसीको सनसनी खुलासा (भिडियो सहित)
डा.सुरेन्द्र केसी चर्चित राजनीतिक विश्लेषक हुन्। उनका विश्लेषण खरा हुन्छन् र उनलाई निडर र हक्की राजनीतिक विश्लेषकका रुपमा पनि चिनिन्छ। ताप्लेजुङमा जन्मिएका प्रोफेसर डा. सुरेन्द्र केसी करिब ४ दशकदेखि प्राध्यापन लेखन, विश्लेषणमा सक्रिय छन् केहि समय अघि मात्रै त्रिभुवन बिश्वबिधालयबाट सेवानिवृत भएका केसी सत्ता कटु आलोचक विश्लेषकका रुपमा पनि चिनिएका उनका झण्डै दुई दर्जन पुस्तक, ६ सयभन्दा बढी लेख रचना प्रकाशित छन्।
अमेरिकन लाइब्रेरीबाट पब्लिक स्पिकिङमा ग्राजुएट गरेका डा. केसीले नेपाल कम्युनिष्ट आन्दोलन पीएचडी पहिलो ब्यक्ति पनि हुन् । आफुलाई सदाबहारको प्रतिपक्ष भन रुचाउने केसीले न्युज ट्वान्टी फोरको इस्सु अफ डे नामक कार्यक्रममा दिएको कडा उतर सुनेर अन्तर्वार्ता लिने प्रस्तोता नै तर्सेका छन् । राजनैतिक केन्द्रीत उक्त वार्तामा प्रस्तोताले यति कडा उतर नदिनुस् भने आशय राखे पनि केसीको स्वतफूर्त उतर कडा रुपमै आयो ।

दुई तिहाईको सरकार भए पनि उक्त दलकै एक शक्तिशाली नेता बामदेव गौतमले प्रमुख नेताहरु पालैपालो प्रणालीबाट प्रधानमन्त्री हुनु पर्छ भने आशय देशको लागि अस्थिरताको सूचक भएको भन्दै त्यस्तो हुनुमा बामदेब देखिएका पात्र मात्रै हुन् त्यसको सबै खुलासा गरेमा ठुलो राजनैतिक ब्लाष्ट हुने बताउदै केसीले खुलासा गर्न अस्विकार गरेका छन् । समयक्रमसंगै यो बिषय खुलासा हुने केसीको दाबि छ ।
राजनैतिक आवरणमा देशको सम्पूर्ण शासन प्रणालीमा कुख्यात डन माफियाहरुको कब्जामा रहेको निष्कर्ष राख्दै आफुले आज सम्म जे जति बोलेको बिषयहरु छ त्यो सबै तथ्य र तथ्यांकमा आधारित भएर बोलेको बताउदै यदि कसैले त्यस्तो होइन भनेर प्रमाणित गरेको दिनदेखि आफुले अन्तर्वार्ता नै नदिने घोषणा गरेका छन् ।
ओलीको दुई तिहाईको सरकार भनेको कम्युनिष्टहरुको सरकार नै होइन किनकी नेपालमा वास्तविक कम्युनिष्टहरु नै नरहेको आफ्नु पुरानो अडान पुनः दोह्रयाएका केसीले ओली सरकार आफै माफियाको घेराबन्दिमा रहेकोले केहि पनि गर्न नसके दाबी पनि गरेका छन् । जसको उदाहरण दिदै एनजीओ/आइएनजीओ नियन्त्रण देखि सेंडीकेट हटाउनेसम्मको सबै हल्लाहरु झुट साबित भएको प्रमाण अघि सारेका छन् । हेर्नुहोस भिडियो


