‘अबको केहिबर्ष भित्रै हिलेका सबै कृषकको सुधारिएको गोठ’

धनकुटा खबर । चञ्चलादेवि बहुउद्देश्यीय दुग्ध सहकारी संस्था धनकुटा १ हिलेको आज २४ औ वार्षीक साधरणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नील बहादुर घिमिरेको अध्यक्षता तथा धनकुटा नगरपालिका वाडा नं १ का वडा अध्यक्ष निरन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न साधरण सभामा सहकारीका आर्थिक व्यवस्थापक रमेश बुढाथोकीले आर्थिक वर्ष २०७४र०७५ को २० लाख ४८ हजार ३ सय ६५ रुपयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभयो ।

सहकारीले आर्थिक वर्ष २०७४र०७५ मा १५ लाख २० हजार ५ सय ६८ रुपैया बराबरको किराना सामान खरिद विक्रि गरेको जानकारी दिईएको छ । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका १ नं वडाअध्यक्ष निरन तामाङले साधरण सभालाई सम्बोधन गर्नु हुदै गत वर्ष देखि नै वडाले गोठ सुधारको कार्यक्रम सञ्चालन भईरहेको जानकारी गराउनुहुदै अब केहि वर्ष भित्रमा वडामा रहेका सबै कृषकको सुधारिएको गोठ वनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

साथै उहाले चन्चला देवि बहुउद्देश्यीय दुग्ध सहकारीलाई प्रदेश नम्वर १ सरकारबाट पनि विउ विजन तथा गाईबाख्रा जस्ता पशुहररु उन्नत जातको अनुदानमा वितरण गर्ने र अन्य वडा नम्वर १ ले गर्नु पर्ने सहयोग निरन्तर गरिरहेको समेत जानकारि गराउनु भयो । साधरण सभाले नील बहादुर घिमिरेकै अध्यक्ष्यतामा १४ सदस्य नयाँ कार्यसमिती पनि गठन गरेको छ ।

समितिको उपाध्यक्षयमा नगेन्द्र पाण्डे, सचिव गणेश बुढाथोकि , कोषाअध्क्षयमा रुक्मणि पौडेल, सहसचिव खेम खुलाल, सदस्यहरुमा लालचन गोङवा, नर बहादुर थापा, दुर्गा दर्लामी, संगीता कट्टुवाल, तिला माया कार्की, सुर्य बहादुर विक, धर्म प्रताप थापा, हेम बहादुर घिमिरे र भुपेन्द्र बुढाथोकि रहेकाछन् ।

त्यस्तै तीन सदस्य लेखा समिती गठन गरिएको छ । लेखा समितीको सदस्यहरुमा कमल बस्नेत, विन्दु कार्की र दिपक घिमिरे रहेकाछन । नयाँ कार्यसमिती को ३ सदस्य संख्या रहनेगरि सल्हाकार समिती गठन गरिएको छ, सल्हाकार समिती को संयोजकमा लाखमान घिसिङ, सदस्हरुमा हरेन्द्र थिङ र तुला माया कार्की रहेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।