पौने ४ करोडमा छथरको नयाँ भवन बन्दै
धनकुटा खबर । छथरजोरपाटी गाउँपालिकाको आफ्नै नयाँ भवन बन्ने भएको छ ।
नेपाल सरकारको ३ करोड ७२ लाखको लागतमा २ तले १६ कोठे भवन निर्माण गरिनेछ । जोरपाटी बजार क्षेत्रमा बन्ने उक्त भवनको याक्थुङ्गहाङ एस.ए.एस.जेभी कम्पनीले ठेक्का पाएको छ ।
१७ महिनामा काम सक्नेगरी बिहिबार गाउँपालिकाको तर्फबाट अधयक्ष शेर बहादुर लिम्बू र निर्माण कम्पनीका तर्फबाट कमलदिप तिगेला लिम्बूले सम्झैतामा हस्ताक्षर गर्नुभएको छ ।


