पाख्रीवासमा वडा स्तरिय प्रथम मेयर कप फूटवल प्रतियोगिता हुने

धनकुटा खबर, २ माघ । धनकुटाको पाख्रीवास नगरपालिकामा वडा स्तरिय प्रथम मेयर कप फूटवल प्रतियोगिता हुने भएको छ ।

नगरमा खेलकूद विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आउदो माघ १६ गते देखी प्रतियोगिता हुनेभएको हो । प्रतियोगिता सञ्चालनका लागि आज विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताका लागि नगरपालिकाका प्रमुख वृष वहादुर राईको संयोजकत्वमा अनुसाशन समिति, लाक्पा तेञ्जिङ शेर्पाको संयोजकत्वमा मञ्च तथा खेल मैदान व्यवस्थापन, सरोज राईको संयोजकत्वमा सूरक्षा तथा स्वयम् सेवक, विमल गुरुङको संयोजकत्वमा खेलाडी तथा प्रशिक्षक व्यवस्थापन,नम्रता देउजाको संयोजकत्वमा अतिथि सत्कार र सिताराम राईको संयोजकत्वमा प्रचार प्रसार तथा सामाग्री खरिद उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताका विजयी प्रथम समूहले नगद १ लाख सहित ट्रफी,मेडल र प्रमाण पत्र, दोश्रो हुने समूहले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र र त्यसपछिका दुई समूहले नगद १०/१० हजार सहित प्रमाण पत्र पुरस्कार प्रदान गरिने प्रचारप्रसार तथा सामान खरिद उपसमितिका संयोजक सिताराम राईले जानकारी दिनुभयो । प्रतियोगिता जालपादेवी मावि को खेलमैदान (मुङग्रेआहाल) मा हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖