सोनाम ल्होछारको अवसरमा उत्तरपानी धनकुटामा विभिन्न कार्यक्रम गरिने

धनकुटा खबर । ल्होछार मुल समारोह समिति उत्तरपानी धनकुटाको बैठकले २८ सय ५५ औ फाग ल्हो सोनाम ल्होछारको अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

धनकुटा नगरपालिका वडा नं १० का वडा अध्यक्ष कमल कार्कीको अध्यक्षतामा बसेको बैठकले वडा स्तरिय भलिबल प्रतियोगिता तथा ल्होछार सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको हो । जसअनुसार माघ २३ देखि २५ गते सम्म भलिबल प्रतियोगिता सञ्चालन हुनेछ ।

भलिबल खेलमा प्रथम हुने टिमलाई नगद रु ३० हजार, द्वितीय लाई नगद रु २० हजार, तेस्रो हुने लाई रु १० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिन्ने वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । प्रतियोगिता उत्तरपानी प्रबिधिक शिक्षालयको खेलमैदानमा सञ्चालन हुनेछ ।

त्यसै गरि सोनाम ल्होछार सास्कृतिक कार्यक्रमका लागि समाजसेवी बुद्धिजीवी बिष्णु मोक्तानको संयोजकत्वमा सञ्चालन गरिने भएको छ । सास्कृतिक कार्यक्रम माघ २६ गते हुने र कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारका साथमा बृहत् ल्होछार सास्कृतिक कार्यक्रम हुने संयोजक बिष्णु मोक्तानले बताउनु भयो । बैठमा यूवा समाज सेविहरू धन बहादुर मोक्रान, जयन्द्र घिसिङ लगायतको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖