प्रेस यूनियन धनकुटाको पद हस्तान्तरण
धनकुटा खबर । नेपाल प्रेस यूनियन धनकुटा शाखाको नवौँ अधिवेशनबाट आएको नयाँ कार्यसमितीकोलाई आज पदहस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलको प्रमुख आथिथ्तामा आज शहिद भिमनारायण स्मृती भवनमा एक कार्यक्रम गरि नेपाल प्रेस यूनियनका निवर्तमान अध्यक्ष यानिन्द्र तिगेलाले नयाँ कार्यसमितीकी अध्यक्ष हिमाकुमारी चेम्जोङ्गलाई कागज पत्र सहित नयाँ समिती लाई पदहस्तान्तरण गरेका छन् ।
पदहस्तान्तरण कार्यक्रमा प्रदेश संसद लिला सुब्वा, नेपाल प्रेश यूनियनका केन्द्रिय उपाध्यक्ष बिजयसन्तोषी राई, नेपाली कांग्रेसका जिल्ला सभापती अग्नी पौडेल, उपसभापती नविनकिशोर शाक्य,नेपाली कांगे्रसका कोषध्यक्ष दिनेश राई, नेपाल पत्रकार महासंघका सचिव विदुर खवास, प्रेश यूनियनका पूर्व अध्यक्ष खगेन्द्र घिमिरे,कांग्रेस नेता रोशन श्रेष्ठ, जितेन्द्र रुम्दाली, दिपक मगर, खेम पौडेल, सिता प्रधान, शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुङ्गगाना, विद्यार्थी नेता विजय अधिकारी, बालानन्द दाहाल, सरोज धमला, लगायतको उपस्थिीती रहेको थियो भने कार्यत्रलमको संचालन नेपाल प्रेश यूनियनकी पूर्व उपाध्यक्ष सुमना तिम्सिनाले गर्नु भएको थियो ।



