नेपाली सेनाले गर्यो सचेतना मुलक प्रदर्शनी

धनकुटा खबर । सुख्खा र हिउँदको समयमा आगलागीको जोखिम बढी हुने समय भएकोले यस्तो जोखिमलाई कम गर्ने उद्धेश्यले आगलागी सम्वन्धी नेपाली सेनाको सचेतना मुलक प्रदर्शनी धनकुटाको तल्लोटुडीखेलमा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस सोसाइटी जिल्ला शाखा तथा उद्योग बाणिज्य संघ धनकुटाको सहभागितामा बरख गण सल्लेरी व्यारेक धनकुटाको बिपत व्यावस्थापन एकिकृत अभ्यास प्रदर्शनी भएको हो । सो प्रदर्शनीमा आगलागी हुने करण त्यसबाट बच्ने उपाय घाइतेको उद्धार, प्राथमिक उपचार र घाइते लाई अस्पताल सम्म पुर्याउन अपनाईने तरिका र विपतमा परेका व्याक्तिलाई तत्काल गर्नु पर्ने मानविय सेवा र विपत पछिको राहत व्यावस्थापन सम्मको प्रदर्शनी गरिएको थियो ।

प्रदर्शनी कार्यक्रमा बोल्दै धनकुटा नगरपालिकाका मेहर चिन्तन तामाङ्गले बिपत कुन बेला आउछ भन्न नसकिने भएकोले त्यसको व्यावस्थापनको पूर्व तयारी गर्नु उपयूक्त हुने बताए । २ न बाहिनी हिलेका बाहिनीपति सागर केसीले बिपतको समयमा सुरक्षा निकाय नै पहिलो प्राथमिकता दिएर उद्धारमा खट्ने भएकोले प्रशिक्षित भई रहनु पर्ने र यसले समाजमा सचेतना समेत ल्याउन मदत गर्ने बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी सिताराम कार्किले पूर्व तयारीले बिपत बाट हुने क्षेती लाई कम गर्न सकिने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।