धनकुटामा ३ महिने तालिम सम्पन : सिकेका सीपलाई व्यावहारमा देखाउन र व्यावसायी बन्न आग्रह

धनकुटा खबर, ३१ असार । लघु घरेलु तथा उद्योगबाट घरघरमा रोजगार दिगो आत्मनिर्भरता र समृद्धि अर्थतन्त्रको आधार भन्ने नाराका साथ घरेलु तथा साना उद्योग विकास समितीको मुख्य शाखाकार्यलय धनकुटा र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले आयोजना गरेको ३ महिने वेसिक कम्यूटर तालिम तथा सुइटर बुनाई तालिम सम्पन्न भएको छ ।

जिल्ला समन्य समिती धनकुटाका उपसंयोजक बंगलाकुमारी राईको प्रमुख अतित्थामा भएको कार्यक्रमा नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाकी उपाध्यक्ष कुशुम रानाले स्वागत मन्तव्य व्याक्त गर्दे तालिममा सिकेको सिप लाई सबैले उपयोग गर्न आग्रह गरीन, नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाकी सचिव सुमना तिम्सिनाले तालिममा सहभागि लाई सफल व्यावसायी बन्न शुभकामना दिनु भयो ।

पत्रकार महासंघका सभापती राजेश्वर बहादुर श्रेष्ठले तालिममा सिकेका सिप लाई व्यावहारमा देखाउन र व्यावसायी बन्न आग्रह गर्नु भयो । घरेलु तथा साना उद्योग विकास समितीको मुख्य शाखा कार्यलय धनकुटाका प्रमुख दिपक पौडेलले सिप सिकेर आत्मनिर्भर हुन्छौ भन्ने र सिक्न चाहने लाई सरकारी पक्ष बाट हौसला र सहयोग भई रहेको र आगामी दिनमा समेत सहयोग हुने बताउदै शक्तिलाई जनशक्तिमा बलदे मात्र आर्थिक विकासमा सहयोग पुग्ने बताउनु भयो ।

प्रमुख अतिथी जिल्ला समन्य समिती धनकुटाका उपसंयोजक बंगला राईले तालिममा सिकेको सीप लाई सबै प्रशिक्षार्थीले व्यावहारमा उतार्न जरुरी रहेको बताउनु भयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले सीप सिकेका यूवाहरुले अव कामका लागि बिदेशीनु पर्ने बाध्यताको अन्त गर्न आवश्यक रहेको बताउदै । देश लाई आर्थिक विकास मा अगाडी बढाउन यूवा जनशक्ती आबश्यक रहेको बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।