मन्त्री योगेश भट्टराई किन भए आलोचित?

काठमाडौं, भदौ ३१ । डेढ महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई तथा शुभकामनाको ओइरो लागेको थियो। सामाजिक सञ्जाल र सञ्चारमाध्यम उनका प्रशंसाले रंगिएका थिए। कतिपयले त प्रधानमन्त्री नियुक्तिभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे।

तर, तीनै युवा नेता भट्टराईमाथि मन्त्री बनेको ढेड महिनामै आलोचनाका स्वर चर्किन थालेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ। किन यस्तो अवस्था आयो? यसको पछाडि उनले गरेका केही प्रतिनिधिमूलक काम जिम्मेबार छन्। उनले गरेको पशुपतिमा गंगा आरतीमा राष्ट्रियगान बजाउने निर्णय निकै आलोचित छ।

राष्ट्रियता जगेर्ना गर्ने नाममा आर्यघाट नजिक हुने आरतीमा राष्ट्रियगान कति अनिवार्य हो? प्रश्न उठेको छ। डेढ महिनाअघि उनीप्रति निकै अपेक्षा गर्नेहरु विस्तारै आलोचनातर्फ मोडिएका छन्। राष्ट्रियगान प्रकरणले आलोचना बढिरहेका बेला मन्त्री भट्टराईकै कारण शनिबार नेपालगञ्जमा जहाज उडान ढिलाई भएको घटना बाहिर आयो।

धनगढीबाट फर्किंदै गर्दा मन्त्री केही ढिलो भएका कारण केहीबेर जहाज रोकिएको थियो। यसलाई ज्ञानेन्द्र शाही लगायत व्यक्तिले विमानभित्रै विरोध गरे। यो प्रकरणमा मन्त्री भट्टराई र एयरलाइन्सले स्पष्टीकरण दिइसकेका छन्।

मन्त्री भट्टराईले आइतबार बिहानै ट्वीटमार्फत् क्षमा मागिसकेका थिए। तर, उनले क्षमा मागेको विषय भन्दा जहाज रोकेको विषय सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो।

यस प्रकरणमा मन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तीको भाषा पनि विवादमा परेको छ। विज्ञप्तीमा आलोचना गर्नेहरुलाई मण्डलेका रुपमा चित्रण गरेको भन्दै सामाजिक सञ्जालमा मन्त्रीप्रति थप प्रश्न आएका छन्। अन्य मन्त्रीकै शैलीमा पपुलिस्ट कुरा आउँदा भट्टराईप्रति आलोचना गर्नेलाई बल मिलेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।