साँघुरो हुनेभयो विमानस्थल! तीनवटा बोइङ लिएर सि जिनफिङ नेपाल आउने

काठमाडौं, असोज १ । बसाइ छ, जम्मा एक दिन र एक रातको। तर तयारी यस्तो छ कि, काठमाडौँको चप्पा, चप्पा बुझिँदै, फोटो खिचिँदै छ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको अर्को महिना हुने नेपाल भ्रमणको तयारीको क्रममा चीनले सुरक्षा स्थिति अध्ययन गर्न चिनैपिच्छेजस्तो बेग्ला–बेग्लै टोली काठमाडौँ पठाइरहेको छ।

त्यसक्रममा बेइजिङबाट एकजना जर्नेलनको नेतृत्वमा १७ जनाको फौज सोमबार काठमाडौँ ओर्लिएको छ। उक्त टोलीले आएकै दिन साँझपख अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, भिआइपी, भिभिआइपी, आउञ्ज, आगमन र प्रस्थान कक्षको अवलोकन गरिसकेको छ।

चिनियाँ विदेशमन्त्री वाङ् यी फर्किएलगत्तै उताबाट आउने टोलीहरु थपिन थालेका छन्। चिनियाँ पक्षले राष्ट्रपतिलाई काठमाडौँ उतार्दा कतिवटा जहाज, कति मानिस ल्याउनेदेखि लिएर कसलाई कहाँ राख्ने, हिँडडुल र भेटघाटका तालिका कति र कसरी तय गर्नेसम्मका विषयबारे छलफल गरिरहेको छ।

चीनले ८०० सिरिजको तीनवटा बोइङ ७४७ जहाजसहित राष्ट्रपति जिनफिङलाई अवतरण गराउने चाहना व्यक्त गरेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

तर, यहाँ त्यस्तो जहाड अवतरण गराउन मुस्किल हुने स्पष्ट पारिएको बताइएको छ।

नेपालसँग भएको र यहाँको विमानस्थलमा सहजताकासाथ अवतरण हुनसक्ने ७४७ बोइङ ‘फोर ई’ क्याटागोरीको हो। तर चिनियाँ जहाज भने ‘फोर–फोर एफ’ क्याटोगोरीका छन्।

हाम्रो विमानस्थलमा ४ सय सिरजको ७४७ बोइङलाई अवतरणमा समस्या छैन। तर, चीनबाट आउने भनिएको ८ सय सिरिजका बोइङका पखेटा लामा हुन्छन्।

त्यसकारण यहाँको साँधुरो विमानस्थलमा समस्या हुनसक्ने नेपाली अधिकारीले बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖