झापामा सुनकागती सफल

विकास घिमिरे, धनकुटा खबर । झापा, राष्ट्रिय सुन्तला जात अनुसनधान कार्यक्रम पारीपात्ले धनकुटाले तराई जिल्लाका लागि सिफारीस गरेको कागतीका २ जात व्यावसायीक रुपमा झापा सहित तराईका जिल्लामा सफल देखिएका छन् ।

बाह्रै महिना उत्पादन लिन सकिने कागतीका नयाँ दुई जात तराईको हावापानीमा व्यावसायिक उत्पादनका लागि सफल देखिएका हुन्न । व्यावसायीक रुपमा सुन कागती एक र दुई कागती खेति गरिरहेका झापाको बुद्धशान्ति गाउँपालिका तीन शीतलबस्तीका लेखनाथ सुवेदीले एक विगाह पाँच कट्ठा जमिनमा सुन कागती एक र दुई नामका कागतीका दुई जात लगाएका छन् ।

फलेका तीन सय बोटबाट सुवेदीले यसवर्ष करिब चार लाख ५० हजार दाना कागती उत्पादन गरे । उत्पादित कागती घरैबाट प्रतिगोटा तीन रुपैयाँमा बिक्री गरिरहेको सुवेदी बताउँछन् । एघार वर्षको अनुसन्धान पछि सिफारिस गरिएका सुन–कागती एक र दुई नामक जातको व्यावसायिक खेती विस्तार गर्न सके स्वदेशी कागतीको उत्पादन अवधि बढाएर आयात घटाउन सकिने देखिएको छ । धनकुटा स्थित राष्ट्रिय सुन्तलाजात कार्यक्रमले विकास गरेका यी जातबाट पूर्वि तराइको झापा देखि चितवनसम्मका किसानले ब्यबशायीक उत्पादन लिन थालेको राष्ट्रिय सुन्तला जात अनुसनधान कार्यक्रम पारीपात्ले धनकुटाले जनाएको छ ।

अहिले झापा, मोरङ्ग, सुनसरी, चितवन र नवलपरासी जिल्लाका किसानले ब्यबशायीक उत्पादन लिन थालेका छन् । रोपेको तीन वर्षदेखि व्यावसायिक उत्पादन लिन सकिने सुन कागती एक र दुई जातको खेती पानी नजम्ने आठसय मिटरसम्मको दोमट जमिनमा फस्टाउने राष्ट्रिय सुन्तला जात अनुसनधान कार्यक्रम पारीपात्ले धनकुटाका फलफूल विज्ञ उमेश आचार्यको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।