‘साना दुः’खले आर्जेको संविधान होइन’- सञ्चारमन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुः’खले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताउनुभएको छ ।
मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाद्वारा आज कुन्तामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जनताले रगत–पसिना बगाएर र जनताको आँशुसँग साटिएको, जनताद्वारा स्थापित दस्तावेज केही सामन्त अभिजातीय वर्ग तथा केही कु’ण्ठाग्र’स्त वर्गले धुप बालेर नबदलिने दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, “सरकारवि’रुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोज्नु ठूलो भूल हुनेछ, जुन कुरा अ’सम्भव छ, यस्तो सपना इतिहासमा गइसक्यो ।”
मन्त्री बाँस्कोटाले सरकारवि’रुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोजिरहेका तत्वलाई वर्तमान संविधान कस्तो छ भन्ने ज्ञानसमेत नभएको उल्लेख गर्दै यस्ता वर्गको प’तन अनिवार्य भएको बताउनुभयो । “संविधान निरन्तर चलिरहन्छ, एक दुई असन्तुष्टिलाई लिएर व्यवस्थामाथिनै प्र’हार गर्न खोज्ने विषय सफल हुन सक्दैन”, उहाँले भन्नुभयो । अब चि’हानबाट नि’रङ्कुश राजत’न्त्रका कुनै पनि अवेशष फर्केर आउन नसक्ने उहाँको दाबी थियो ।
उहाँले भन्नुभयो, “संविधानले राष्ट्रिय प्राण भरेको छ, जहाँ प्रत्येक नागरिकको राजनीतिक, सामाजिक र सांस्कृतिक, न्या’य र सम्मानको अधिकार सुरक्षित गरेको छ ।” उहाँले कहीँकतै देशको प्रगति, नागरिकको अधिकार, नागरिक स्वतन्त्रता, सामाजिक न्याय, राष्ट्रिय आत्मसम्मान र आफ्नो गौरव र गाथाप्रति वर्तमान संविधानले अ’प्ठेरो पार्छ भने मात्रै केही पुनर्विचार गर्न सकिने बताउनुभयो ।
आफूहरु राजनीतिक क्रा’न्तिपछि निर्माणको क्रा’न्तिद्वारा जनतालाई सन्तुष्टि दिलाउन चाहेको उहाँको धारणा थियो । उहाँले सरकारका कारण कसैलाई कही पनि अ’प्ठेरो नपरेको दा’बी गर्नभयो । उहाँले आर्थिक प्रगतितर्फ मुलुक उन्मुख भएकाले इतिहासमा पहिलोपटक सात दशमलव एक प्रतिशत आर्थिक वृद्धदर कायम भएकोमा खुशी हुनुपर्ने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले सरकारले स्वा’धीनताका साथ, कसैसँग स’त्रुता नगर्ने, सबैसँग मित्रता कायम गर्ने, संवादद्वारा समस्या समाधान गर्दै जाने सुविचारी ढङ्गले अन्तरराष्ट्रिय सम्बन्ध सुदृढ बनाउँदै लगेको बताउनुभयो । उहाँले पैसा र समय खर्च गरी सामाजिक सञ्जाल तताएको उल्लेख गर्दै सञ्जालमा भनिएको भन्दा विपरीत प्रगति पाएपछि आफूलाई गलत महसुस हुँदै जाने बताउनुभयो । हाल काभ्रेपलाञ्चोकको १९ वटा विद्यालयमा करीब रु एक अर्ब विनियोजन गरिएको र रु ५० करोडका केही परियोजना तत्कालै शुरु गर्ने उहाँले जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईले उत्कृष्ट संविधानअनुसार निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्दै जाने बताउनुभयो । अर्का प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले वर्तमान संविधानलाई प’रिवर्तन गर्ने चुनौती कसैले पनि दिन नसक्ने दाबी गर्नुभयो । जिल्ला समन्वय समितिका उपसंयोजक मञ्जु गौतम र मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले संविधानको र’क्षाको निम्ति एकजुट भएर लाग्न सुझाव दिनुभयो ।


